नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । मङ्गलबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ ।
शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित फिल्म ‘पठान’को ट्रेलर सार्वजनिक भएको छ ।
ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर भएको विवादमा सहभागी भएको आशंकामा यहाँको प्रहरीले कम्तीमा पनि एक हजार दुई सय जनालाई पक्राउ गरेको जनाएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केहीबेरमा बस्दैछ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका अनुसार मंगलबार बिहान ११ः३० मा सो बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभा बैठक दिउँसो १ बजेका लागि सरेको छ । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ११ बजेलाई तोकिएको बैठक १ बजेका लागि सरेको बताउनुभयो ।
बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त शालिकराम जम्कट्टेलले आज मङ्गलबार पद तथा गोपनियताको सपथ लिनु भएको छ ।
नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्रीलाई शर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ ।
स्वास्थ्यकर्मी घरघरमै आएर सुत्केरीको स्वास्थ्य अवस्था बुझ्न थालेपछि दैलेखको भगवतीमाई गाउँपालिका–३, मेहलतोलीकी सरिता बुढा आश्चर्यचकित हुनुभएको छ। जब कि अघिल्ला वर्षमा स्वास्थ्य संस्थामै जाँदासमेत स्वास्थ्य सल्लाह र सेवा पाउन मुस्किल थियो। पालिकाका अधिकांश स्वास्थ्य संस्थाबाट सुत्केरी महिलाको घरघरमै पुगेर स्वास्थ्य हेरचाह र पोसिलो खानाबारे परामर्श दिन थालिएको छ। सुत्केरी सरिताले भन्नुभयो, “घरमै आएर स्वास्थ्यसम्बन्धी परामर्श पाएँ, खुसी लाग्यो।”
दार्चुलाको मालिकार्जुन गाउँपालिका–४, हुनैनाथका ७४ वर्षीया अनिता धामीको घरमै पुगेर उहाँलाई नागरिकता प्रदान गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाको टोलीले घरमै आएर नागरिकता दिएपछि धामी निकै खुसी हुनुभएको छ। स्थानीय कृष्ण धामीका अनुसार धामीलाई नागरिकता दिलाउन एक दशकअघिदेखि पहलकदमी भएको थियो। वृद्धावस्थामा नेपाली नागरिकता प्राप्त भएपछि राज्यबाट प्राप्त हुने सेवासुविधा लिन धामलाई सहज भएको छ।
तातोपानीका कारण प्रख्यात बझाङको धार्मिक एवं पर्यटकीय स्थल तपोवन क्षेत्रमा सरकारले बर्सेनि गर्दै आएको लगानी खेर गएको छ। सदरमुकाम चैनपुरबाट नजिकै रहेको तल्कोट गाउँपालिका–१ मा रहेको तपोवन क्षेत्रको विकासका लागि स्थानीय सरकार र प्रदेश सरकारले बर्सेनि बजेट विनियोजन गरेर भौतिक पूर्वाधार निर्माण गर्दै आएको छ। यद्यपि सेती नदीमा बर्सेनि आउने बाढीले क्षति पु¥याउने गरेको छ। बझाङको प्रमुख पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित सो क्षेत्रमा स्थानीय र प्रदेश सरकारले बजेट विनियोजन गर्दै आइरहेका छन्।
कैलालीमा बढेको अत्यधिक चिसोले गर्दा जनजीवन थप कष्टकर बनेको छ। केही दिनदेखि भइरहेको शीतलहर र चलेको चिसो हावाका कारण चिसो बढ्दै गएको हो। हुस्सु र शीतलहरले गर्दा दुई दिनदेखि घामसमेत लागेको छैन। घाम नलाग्दा तापक्रम घट्दै गएको छ। चिसो बढेपछि मान्छेको दैनिकीसमेत प्रभावित हुन थालेको छ। चिसोले गर्दा बालबालिका, ज्येष्ठ नागरिक, मजदुर, निम्न वर्ग र सीमान्तकृत समुदायका व्यक्ति प्रभावित भएका छन्। चिसोले अहिले सबैभन्दा बढी समस्या विद्यार्थीलाई भइरहेको छ। उनीहरू कठ्याङ्ग्रिँदै विद्यालय गइरहेका छन्।
सत्ता साझेदार दलहरूले लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि आज बहुमतसहितको दाबी पेस गर्ने भएका छन् ।