नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा पार्टी (राजमो) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावलाई समर्थन नगर्ने भएका छन् ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै सङ्कटमा जानसक्ने आशङ्का व्यक्त गर्नुभएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले पेट्रोल पम्पलाई ‘रिफ्रेस्मेन्ट सेन्टर’का रूपमा स्थापित गर्न आग्रह गर्नुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियता एवम् स्वाभिमानको रक्षाका लागि वर्तमान सरकारले सन्तुलित परराष्ट्र नीतिको अवलम्बन गर्नुपर्ने बताउनुभएको छ।
मङ्गलबार नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से कारोबारको सुरुवातमा ६५ अङ्कभन्दा बढी अङ्कले बढेको नेप्से अन्तिम समयमा आएर गिरावट आएको छ ।
तनहुँमा जिल्लामा अवैधरुपमा सञ्चालनमा रहेका २० क्रसर उद्योग बन्द गराइएको छ । पुस २० गते गृह मन्त्रालयले मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरे बमोजिम बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तीन दशकअघि धनुषाको मुख्य खाद्यान्न बालीमध्ये एक कोदो (मरुवा) खेती अहिले लोप हुने अवस्थामा पुगेको छ । कोदो बालीलाई माडेर झार्ने भएकाले कतिपय स्थानमा मडुवा मात्रै भनेर पनि चिनिन्छ ।
फिफा विश्वकप उपविजेता फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले अन्तर्राीष्ट्रय फुटबल खेलबाट सन्यासको घोषणा गर्नुभएको छ । विश्वकप सकिएपछि सन्यास लिने योजना बनाउनुभएका लोरिसले तीन सातापछि सन्यासको घोषणा गर्नुभएको हो ।
नेकपा (माओवादी केन्द्र) का नेत्री रेखा शर्माले वर्तमान सरकार मुलुकको आर्थिक समृद्धिको स्पष्ट योजनाका साथ अगाडि बढेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत दिने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको निर्णयप्रति आशङ्का व्यक्त गर्नुभएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताको हितमा काम गर्ने विश्वासका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको बताउनुभएको छ।
विराट गोल्डकप फुटबल चैतमा हुने भएको छ । आयोजक विराट गोल्डकप ट्रष्टले एक विज्ञप्ति जारी गर्दै विराट गोल्डकप चैत ६ गतेदेखि १४ गतेसम्म विराटनगरमा आयोजना गर्ने उल्लेख गरेको छ ।
दक्षिणकोरिया भ्रमण गर्ने चिनियाँ यात्रीलाई सोलले कोरोना–१९ परीक्षण नकारात्मक हुनुपर्ने नियम लगाएपछि बदलामा चीनले पनि दक्षिणकोरियालीका लागि प्रवेशाज्ञा निलम्बन गरेको हो ।
साबिक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लब सातौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।