• १२ साउन २०८१, शनिबार

देश र जनताको हितमा काम गर्ने विश्वास लिएका छौं : शेरबहादुर देउवा

blog

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा मङ्गलबार बसेको प्रतिनिधि सभाकोे बैठकलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौं, पुस २६ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र जनताको हितमा काम गर्ने विश्वासका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको बताउनुभएको छ। 

मंगलबार संसदमा प्रधानमन्त्रीको विश्वासको मतका विषयमा भएको छलफलमा बोल्नुहुँदै देउवाले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री प्रचण्डको आग्रह अनुसार संविधानको रक्षाको पक्षमा उहाँ उभिने विश्वास लिँदै उहाँले राख्नुभएको प्रस्तावको पक्षमा कांग्रेसले मतदान गर्ने निर्णय भएको उहाँको भनाइ छ। 

कांग्रेस सभापति देउवाले भन्नुभयो, ‘‘प्रधानमन्त्री पुष्पकमल दाहालले आग्रह गर्नु भए अनुसार संविधानको रक्षाको पक्षमा उहाँ उभिनु हुनेछ भन्ने विश्वास गर्दै मुलुकमा विद्यमान चुनौतीको सामना गर्दै देश र जनताको हितमा काम गर्नु हुनेछ भन्ने विश्वासका साथ तत्कालका लागि उहाँले राख्नु भएको प्रस्तावको पक्षमा नेपाली काँग्रेस मतदान गर्नेछ।’’