प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार विश्वासको मत माग्नुभएको छ। मङ्गलबार दिउँसो १ बजे बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्नुभएको हो।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । पुस २८ गते बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक माघ १५ गते बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बसेको बस्ने प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।
नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । मङ्गलबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ ।
शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित फिल्म ‘पठान’को ट्रेलर सार्वजनिक भएको छ ।
ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर भएको विवादमा सहभागी भएको आशंकामा यहाँको प्रहरीले कम्तीमा पनि एक हजार दुई सय जनालाई पक्राउ गरेको जनाएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केहीबेरमा बस्दैछ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका अनुसार मंगलबार बिहान ११ः३० मा सो बैठक बस्न लागेको हो ।
प्रतिनिधि सभा बैठक दिउँसो १ बजेका लागि सरेको छ । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ११ बजेलाई तोकिएको बैठक १ बजेका लागि सरेको बताउनुभयो ।
बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त शालिकराम जम्कट्टेलले आज मङ्गलबार पद तथा गोपनियताको सपथ लिनु भएको छ ।
नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्रीलाई शर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ ।
स्वास्थ्यकर्मी घरघरमै आएर सुत्केरीको स्वास्थ्य अवस्था बुझ्न थालेपछि दैलेखको भगवतीमाई गाउँपालिका–३, मेहलतोलीकी सरिता बुढा आश्चर्यचकित हुनुभएको छ। जब कि अघिल्ला वर्षमा स्वास्थ्य संस्थामै जाँदासमेत स्वास्थ्य सल्लाह र सेवा पाउन मुस्किल थियो। पालिकाका अधिकांश स्वास्थ्य संस्थाबाट सुत्केरी महिलाको घरघरमै पुगेर स्वास्थ्य हेरचाह र पोसिलो खानाबारे परामर्श दिन थालिएको छ। सुत्केरी सरिताले भन्नुभयो, “घरमै आएर स्वास्थ्यसम्बन्धी परामर्श पाएँ, खुसी लाग्यो।”