• १२ साउन २०८१, शनिबार

सरकारलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

blog

कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवासहितका शीर्ष नेताहरु । तस्बिर : सुजन गुरुङ

काठमाडौं, पुस २६ गते । नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । मङ्गलबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको हो ।

सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको पार्टीका सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिनुभयो । कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने सरकारलाई विश्वासको मत दिन नहुने पक्षमा रहनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले आज दिउँसो १ बजे बस्ने संसद् बैठकमा विश्वासको मत लिनुहुनेछ ।

यो पनि पढ्नुहोस

लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने