• १२ साउन २०८१, शनिबार

प्रतिनिधि सभा बैठक

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुहुँदै (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, पसु २६ गते । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बसेको बस्ने प्रतिनिधि सभाको बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ । 

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड यही पुस १० गते सात दलका १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

नेपालको संविधानको धारा ७६ को उपधारा (४) को उपधारा (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।

माओवादी अध्यक्ष प्रचण्ड नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले सिङ्गो प्रतिनिधि सभाको समर्थन आफूले पाउने विश्वास व्यक्त गर्नुभएको छ । सोमबारको प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा उहाँले सञ्चारकर्मीसँग विश्वासको मत पाउनेमा आफू विश्वस्त रहेको बताउनुभएको थियो । प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्ने सम्पूर्ण दलहरूले विश्वासको मत दिने निर्णय गरेका छन् ।

प्रतिनिधि सभामा सरकारलाई समर्थन गरेका एमालेका ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका छ, नागरिक उन्मुक्ति पार्टीका चार सांसद छन् । तीन स्वतन्त्र सांसदले पनि सरकारलाई समर्थन गरेको छन् ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका ८९, नेकपा (एकीकृत समाजवादी)का १०, लोकतान्त्रिक समाजवादीका चार, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक/एक सांसद छन् ।

नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत समाजवादीले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।