काठमाडौँ, पुस २६ गते । प्रतिनिधि सभा बैठक दिउँसो १ बजेका लागि सरेको छ । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ११ बजेलाई तोकिएको बैठक १ बजेका लागि सरेको बताउनुभयो ।
सङ्घीय संसद् सचिवालयले जारी गरेको सूचनामा विशेष कारण बैठक १ बजेलाई सारिएको उल्लेख छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुहुँदै छ ।