प्रतिनिधि सभाका सभामुखको निर्वाचन माघ ५ गते हुने भएको छ । प्रतिनिधि सभाको मङ्गलबार बसेको बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले माघ ५ गते सभामुखको निर्वाचन गर्ने मिति तोक्नुभएको हो ।
आर्थिक वर्षको आधा अवधि पूरा हुन लाग्दा पनि रौतहटको बौधीमाई नगरपालिकाले हालसम्म चालू आर्थिक वर्ष २०७९÷८० को बजेट ल्याउन नसक्दा नगरपालिकाद्वारा गरिने सम्पूर्ण काम प्रभावित बनेको छ ।
म्याग्दीको धौलागिरि गाउँपालिकाको हिउँदे अधिवेशन तथा अठारौँ गाउँ सभाले थप तीन करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको आरोपमा २५ जनाविरुद्ध मङ्गलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
केबलमार्फत इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या करिब एक करोड पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार असोजसम्म अप्टिकल फाइबर (केबल)मार्फत इन्टरनेट प्रयोग गर्नेको सङ्ख्या ९९ लाख ८७ हजार रहेको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले आक्रामक रूपमा बजार विस्तार गरिरहँदा अप्टिकल फाइबरको प्रयोग निरन्तर बढिरहेको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति सचिव मधुु मरासिनीले पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा पूर्ण रूपमा स्वचालित प्रणाली लागू गरिने बताउनुुभएको छ ।
दाङको लमही नगरपालिका–८, कालीपुरुवामा भर्खरै निर्माण सम्पन्न पुलमुनि रातभर ट्याक्टरको लाम हुन्छ । पुलमुनि बालुवा उत्खनन गरी ढुवानी गर्नका लागि यसरी ट्याक्टर लाम लाग्ने गरेका हुन् । केही ट्याक्टरले नदीको किनारमा बालुवा थुपार्छन् भने बाँकी ट्याक्टर बालुवा बोकेर ठाउँठाउँ पुग्छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा अत्यधिक समर्थनसाथ विश्वासको मत पाउनुभएको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री ‘प्रचण्ड’ले २६८ मत पाउनुभयो । प्रधानमन्त्रीको विपक्षमा दुई साना दलका तर्फबाट दुई मत मात्र प-यो ।
सुदूरपश्चिम प्रदेशका मुख्मन्त्री त्रिलोचन भट्टले आफू निष्कलंक भएर बिदा भएकोमा खुसी व्यक्त गर्नुभएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मंगलबार प्रतिनिधि सभाको संसद्मा दुई सय ७५ सांसदमध्ये दुई सय ७० मत अर्थात् बहुमत प्राप्त भयो।
पाकिस्तान एकेडमी अफ लेटर्स, इस्लामाबादले ‘नेपालकी आवाज’ नामक अनुवाद संग्रह प्रकाशन गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षको अवधिमा प्रदेशमा ७६९ किलोमिटर सडक कालोपत्रे गरेको छ।
प्रतिनिधि सभाको अर्को बैठक माघ ५ गते बस्ने भएको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले अर्को बैठक माघ ५ गते जानकारी गराउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट ऐतिहासिक बहुमतसहित विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँले सदनमा उपस्थित सदस्य सङ्ख्याको दुई तिहाइभन्दा बढी मत प्राप्त गर्नुभएको छ।