• १२ साउन २०८१, शनिबार

प्रदेशको आधार निर्माण गरेँ : मुख्यमन्त्री भट्ट

blog

प्रदेश सरकारको प्रथम कार्यकाल बारे जानकारी दिन मंगलबार आयोजित सञ्चारकर्मी भेटघाट तथा धन्यवाद कार्यक्रममामा सहभागी सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट र मन्त्री। तस्बिर : प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, पुस २६ गते। सुदूरपश्चिम प्रदेशका मुख्मन्त्री त्रिलोचन भट्टले आफू निष्कलंक भएर बिदा भएकोमा खुसी व्यक्त गर्नुभएको छ। 

मुख्यमन्त्री भएदेखि निष्कलंक भएर जानुपर्छ भन्ने सोचेको र सफल भएको उहाँको भनाइ छ। प्रदेश सरकारको प्रथम कार्यकाल बारे जानकारी दिन मंगलबार आयोजित सञ्चारकर्मी भेटघाट कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “काम गर्दा विवादित पनि हुनुपर्छ रहुन्छन्। मेरो कार्यकालमा त्यस्तो केही भएन।” 

मुख्यमन्त्री भट्टले आफूले पाँच वर्षसम्म स्थायी सरकार दिएको, प्रदेशको आधार तयार गरेको र परिणाममुखी काम गरेको दाबीसमेत गर्नुभयो।

मुख्यमन्त्री, मन्त्रालय र मातहतका कार्यालयका भौतिक संरचना निर्माणदेखि कर्मचारी व्यवस्थापनसम्म भएको उहाँको भनाइ छ। 

मुख्यमन्त्री भट्टले स्वास्थ्य, शिक्षा, सडक, कृषि, जनता आवास, खानेपानीका क्षेत्रमा परिणाममुखी काम गरेको बताउनुभयो। 

‘‘नजिकको सरकारसँग जनताका धेरै अपेक्षा हुन्छन् त्यो मूल्यांकन हुँदै जाला’’, उहाँले भन्नुभयो, ‘‘हामीले गर्न खोजेको काम राजधानी निर्माण पनि थियो। तर जग्गा प्राप्तिको अधिकार सङ्घ सरकारसँग भएकोले त्यो काम हुन सकेन।’’ उहाँले सङ्घ सरकारले जग्गाको स्वामित्व नदिँदा राजधानी निर्माणको काम हुन नसकेको पनि प्रष्ट पार्नुभयो।

उहाँले तत्कालीन प्रदेश सभामा रहेका मुख्य दल नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को समर्थन र सहकार्यमा विभिन्न बेलामा काम गर्न पाउनु पनि सुखद संयोगको कुरा भएको उहाँको भनाइ छ। 

प्रदेश सरकारका मुख्यमन्त्रीले नपाएको आशय व्यक्त गर्नुभयो। उहाँले सुरुमा नेकपा (माओवादी केन्द्र) का नेता भट्टले एमाले, नेकपा फुटेपछि समाजवादी र अन्तिममा नेपाली कांग्रेस तथा एकीकृत समाजवादीको समर्थन पाउनुभएको थियो। उहाँले सात पटक मन्त्रिपरिषद हेरफेर गर्नु भएको थियो। 

मुख्यमन्त्री भट्टले आगामी दिन पार्टी निर्माणमा खर्च गर्ने बताउदै पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। मुख्यमन्त्री भट्टले सो अवसरमा प्रदेश सरकारको प्रथम कार्यकालको संक्षिप्त प्रगति विवरण पनि सार्वजनिक गर्नुभएको थियो।