• १२ साउन २०८१, शनिबार

प्रतिनिधि सभाको अर्को बैठक माघ ५ गते बस्ने

blog

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबरा । तस्बिर : केशब गुरुङ

काठमाडौं, पुस २६ गते । प्रतिनिधि सभाको अर्को बैठक माघ ५ गते बस्ने भएको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले अर्को बैठक माघ ५ गते जानकारी गराउनुभएको हो ।मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिनुभएपछि सभाका अध्यक्ष जबराले माघ ५ गते अर्को बैठक बस्ने जानकारी गराउनुभएको हो । 

प्रतिनिधि सभामा अपराह्न भएको मतदानमा प्रधानमन्त्री प्रचण्डले २६८ मत प्राप्त गर्नुहुँदै  विश्वासको मत प्राप्त गर्नु भएको हो । विपक्षमा दुई मत परेको थियो । बहुमतसहित प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिनु भएको सभाका ज्येष्ठ सदस्य जबराले घोषणा गर्नुभयो । 

माघ ५ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुखको निर्वाचन हुनेछ । यसका लागि माघ ३ गते सूचना प्रकाशन गर्न ज्येष्ठ सदस्य जबराले सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिनुभएको छ । 

यो पनि पढ्नुहोस

नेमकिपा र राजमोले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

देश झनै सङ्कटमा जानसक्ने स्थिति देखियो : अध्यक्ष केसी