• १२ मंसिर २०८१, बुधबार

थप तीन करोड बजेट विनियोजन

blog

दरबाङ समाचारदाता 

म्याग्दी (दरबाङ), पुस २७  गते । म्याग्दीको धौलागिरि गाउँपालिकाको हिउँदे अधिवेशन तथा अठारौँ गाउँ सभाले थप तीन करोड रुपियाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका केन्द्र मुनामा सम्पन्न गाउँसभाले उपाध्यक्ष रेशम पुनले प्रस्ताव गर्नुभएको संशोधित तीन करोड ३४ लाख ११ हजार ६२० रुपियाँ बजेट सर्वसम्मत रूपमा पारित गरेको हो ।

पालिका उपाध्यक्ष पुनले गत आर्थिक वर्षमा खर्च हुन नसकेको नगद मौज्दात रहेको बजेटबाट विभिन्न १७ वटा शीर्षकमा विनियोजन गरिएको बताउनुभयो । गाउँपालिकाको निर्माणाधीन प्रशासकीय भवनलाई एक करोड, समपूरक विपत् कोषमा ५० लाख, मराङ खानेपानी योजनालाई ७३ लाख ३० हजार रुपियाँ विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले बताउनुभयो । 

उहाँका अनुसार गुर्जा स्वास्थ्य चौकीलाई २३ लाख, लुलाङ वडा कार्यालय भवनलाई १२ लाख, लघु जलविद्युत् संरक्षणलाई १५ लाख, हिमपाइप खरिद गर्न १० लाख, ताकम वडा कार्यालय भवनलाई सात लाख ५० हजार, खिबाङ–खाम्ला सडकलाई १० लाख ३१ हजार ६२०, बाँसबोट मोटरबाटोलाई एक लाख ५० हजार विनियोजन गरिएको छ । 

त्यसैगरी खानेपानी पाइप खरिदलाई ३ लाख, अध्यक्ष कप खेलकुद प्रतियोगितालाई तीन लाख, लुलाङ आधारभूत विद्यालयलाई ७ लाख, सडक मर्मत १५ लाख, शैक्षिक प्रोफाइलका लागि एक लाख पचास हजार, म्याग्दी महोत्सवलाई एक लाख र महोत्सवमा खेलाडी सहभागिताका लागि एक लाख रुपियाँ बजेट विनियोजन भएको छ । गाउँपालिका अध्यक्ष प्रेम पुनले अधुरा आयोजनालाई पूर्णता दिन प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बताउनुभयो । गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो । 

यसैगरी सभाले लेखा समितिका संयोजक देउप्रसाद छन्त्यालले प्रस्तुत गर्नुभएको बेरुजु फस्र्योटसम्बन्धी प्रतिवेदन पारित गरेको छ । वडा समितिबाट सिफारिस भएका केही योजनाहरूको शीर्षकान्तर गरिएको छ । चालू आर्थिक वर्षमा विनियोजन भएको ३०.६५ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको  छ । १२४ वटा योजनामध्ये हालसम्म ८२ वटा योजना सम्झौता भएको र आठवटा योजनाको अन्तिम किस्ता भुक्तानी भएको छ ।

धौलागिरिको प्रशासकीय भवन निर्माण

धौलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण सुरु भएको छ । गाउँपालिकाको वडा नं. ३ स्थित घट्टेखोलामा उक्त भवन बनाउन थालेको हो ।  भवन निर्माणका लागि गत असार ३ गते प्रतिष्ठा–जुम्ली–माछापुच्छ«े जेभीले सात करोड ७१ लाख ८९ हजार ६६६ रुपियाँमा ठेक्का सम्झौता गरेको गाउँपाकालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रव रिजालले जानकारी दिनुभयो । ठेकेदार कम्पनीले गत मङ्सिर महिना १९ गतेदेखि भवन बनाउन थालेको हो । उहाँका अनुसार तीनतले भवनमा २७ वटा 

कोठा, एक÷एकवटा सभाहल र बैठक कक्ष हुनेछन् । २०८० साल पुस ३ गतेसम्म भवन निर्माण सक्ने सम्झौता छ ।

निर्माण कम्पनीका प्रतिनिधि कलाधर आचार्यले जग्गा व्यवस्थापनको काम सकेर पिल्लर निर्माण थालिएको बताउनुभयो । भवन निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ मा स्थानीयवासीहरूबाट १४ रोपनी जग्गा निःशुल्क प्राप्त भएको थियो । गाउँपालिका अध्यक्ष पुनले निर्धारित समयभित्रै भवन निर्माण गर्न गाउँपालिकाले सहजीकरण र समन्वय गरिरहेको बताउनुभयो ।