• १३ जेठ २०८१, आइतबार

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

blog

काठमाडौं, पुस २६ गते । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक केहीबेरमा बस्दैछ । कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका अनुसार मङ्गलबार बिहान ११ः३० मा सो बैठक बस्न लागेको हाे।

सरकारको समर्थन गर्ने, नगर्ने एवम् समसामयिक राजनीतिक विषयमा अहिले कांग्रेसका पदाधिकारीबीच अनौपचारिक छलफल भइरहेको उहाँले बताउनुभयो । शर्माले भन्नुभयो, “साढे ११ बजे कार्य सम्पादन समितिको बैठक बस्यो । बैठकमा फरक–फरक विचार हुनु स्वाभाविक छ । के निर्णयमा पुग्ने भन्ने अहिले पार्टीका लागि, संसदीय प्रणाली र समग्र लोकतन्त्रका लागि बढी उचित हुन्छ, त्यसका लागि राम्रोसँग छलफल गरेर विधिवत् रुपमा निर्णय गर्छौं ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बस्ने प्रतिनिधिसभा संसदमा विश्वासको मत लिने कार्यक्रम तय भइसकेको छ ।