• १९ वैशाख २०८१, बुधबार

नेप्से परिसूचक ४६.७६ अङ्कले वृद्धि

blog

काठमाडौं, पुस २५ गते । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक ४६.७६ अङ्क बढेर २२११.३८ बिन्दुमा पुगेको हो ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.६१ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ३.४८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अङ्कले बढेको छ ।

कारोबारमा आएका २५७ कम्पनीको एक करोड ४६ लाख ७६ हजार कित्ता शेयर पाँच अर्ब ३१ करोड ४३ लाख सात हजार रुपियाँ बराबरको खरिद बिक्री भएको छ । नेप्से बढेपनि आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ । आइतबार करिब साढे पाँच अर्बको शेयर खरिद बिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत उपसमूहको परिसूचक ४.९४ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैङ्क, वित्त र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । बाँकी अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्से बढेसँगै ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । तर, यता स्वाभिमान लघुवित्तको शेयर मूल्य भने ३.५७ प्रतिशत घटेको छ । आज रिडी पावर कम्पनीको २० करोड ६८ लाख रुपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।