स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले गिरोनामाथि कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले गिरोनालाई उसैको मैदानमा १–० गोलले हरायो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का सात जना केन्द्रीय सदस्यहरूले सङ्घका अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिको राजीनामा माग गरेका छन् ।
नेपाल सरकारका खानेपानी मन्त्री अब्दुल खानले कुनै पनि नागरिकले खानेपानीबाट वञ्चित हुन नपरोस् भन्ने अवस्थाको सिर्जना गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डरअनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभएको छ ।
यही माघ २० र २१ गते माघी होमस्टे गाउँमा दसौँ लाटोकोसेरो महोत्सव हुनेभएपछि कोरोनाले थला परेको होमस्टे (घरबास) को प्रचार तथा प्रवर्धन हुने विश्वास लिइएको छ ।
काठमाडौं उपत्यका भित्र स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिरा उत्पादन र कालोबजारी भइरहेको खुलेको छ।
पुस्तौँदेखि खानेपानीको लागि कष्ट भोग्दैआएका पर्वतको फलेवास नगरपालिका –३ सङ्करपोखरीका बासिन्दाको खानेपानी समस्या अहिले आएर पूरा हुनेभएको छ ।
भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा स्थापना गरिने मूर्ति बनाउनका लागि म्याग्दीको वेणिस्थित कालीगण्डकी नदीको किनारमा रहेको शिलालाई जनकपुरधाम ल्याइएको छ।
आगामी २०८० को विद्यालय तहको शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुनेभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार कोरोना महामारीले बिथोलेको शैक्षिक सत्र आगामी वर्षदेखि वैशाख १ गतेदेखि नै हुने जानकारी दिनुभयो ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा शून्य पोलोथिन अभियान सुरु भएको छ । पोलिथिनजन्य फोहोरले लुम्बिनी भ्रमणमा आउने पर्यटक र वातावरणमा नकारात्मक असर परेकाले नगरलाई सफा र स्वच्छ बनाउन अभियान सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
झापाका पोल्ट्री व्यवसायीहरूले भारतीय कुखुराको अवैध आयात रोक्नका लागि प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग माग गरेका छन् ।
पछिल्लो समय भाइरल बस्ती भनेर चिनिने बेनी नगरपालिका –१ रत्नेचौरको तोरीको फाँटनजिकै रहेको चिता हाउस सञ्चालनको छोटो अवधिमै पहिचान बनाउन सफल भएको छ ।
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिवार साँझ दैलेख सदरमुकाम नजिकै मध्यपहाडी राजमार्गको गहतारीमा भएको दुर्घटनामा परी नारायण नगरपालिका १० भवानीका २३ वर्षीय रमेश विकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
फिल्म ‘ह्यारीकी प्यारी’को नयाँ गीत ‘दम दम’ सार्वजनिक भएको छ ।
अमेरिकाको क्यालिफोर्नियामा एक हप्तायता नै दोस्रो पटक गोली काण्ड भएको छ । शनिबार भएको यो पछिल्लो गोलीकाण्डमा परेर तीन जनाको ज्यान गएको छ भने अरू चार जना घाइते भएका छन् ।