अर्थमन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ। कार्ययोजनामा नीति तथा कार्यक्रम, क्रियाकलाप, माइलस्टोन, साधन स्रोत, समय सीमा र अनुगमन मूल्याङ्कन सूचक उल्लेख भएको अर्थमन्त्रालयले जनाएको छ।
रुकुमपश्चिमको आठबीसकोट नगरपालिका वडा २ को साजेबगरमा एक्स्काभेटर (डोजर) दुर्घटना भएको छ ।
नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवको अवसरमा आइतबार विभिन्न खेलकुदको आयोजना गरिएको छ । जसमा ‘एनटिभी कप–२०७९’ मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि नेपाल टेलिभिजनले जितेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकसम्बन्धी विषयमा सोमबार सरोकारवाला पक्षसँग छलफल गर्नुहुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।
‘पर्यटन प्रवर्द्धन तथा संस्कृति संवर्द्धन’ को मूल नारा सहित सर्लाहीको बागमतीमा सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता माघको अन्तिम साताबाट हुने भएको छ ।
मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा वीरेन्द्रकुमार ठाकुरलाई आइतबार नियुक्त गरिएको छ । नवनियुक्त ठाकुरले आज आइतबार पद तथा गोपनीयताको शपथ लिनुभयो ।
बागलुङको विद्या मन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको छ । प्रेस सेन्टर नेपाल बागलुङले १९ औँ स्थापना दिवसको अवसरमा आयोजित निःशुल्क शिविर सञ्चालन गरेको हो ।
पाँचौँ संस्करणको सम्झना कप टेबलटेनिस प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक ललितपुर टेबलटेनिस क्लबले आइतबार पत्रकार सम्मेलनगरी माघ १७ देखि २१ सम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।
एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा रुकुमपश्चिममा एक युवा पक्राउ परेका छन् ।
थाइल्यान्डमा हालै सम्पन्न एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जित्न सफल नेपाली बक्सर सुस्मा तामाङलाई शिरीष गुरुङको फाउन्डेसनले नगद पुरस्कारसहित सम्मान गरेको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षकमा अनन्त थापा नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अनन्तलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।
नेपाली कांग्रेसले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरी असहयोग गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म थप गरेको छ ।
आन्तरिक विवाद चर्किएपछि खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाही र उपप्रमुख गणेशबहादुर शाहीबीच हात हालाहाल भएको छ।