पछिल्ला दिनमा नेपालमा दुइटा परिघटनाको आर्थिक, सामाजिक र राजनीतिक प्रभाव व्यापक र दूरगामी पर्ने देखिएको छ । रवि लामिछानेको नागरिकता र प्रेमप्रसाद आचार्यको आत्मदाह प्रकरण । प्रत्यक्ष हेर्दा यी दुवै विषय नेपाली अर्थतन्त्रसित नजिकको साइनो राख्ने नदेखिन सक्छ तर गहन रूपमा हेर्दा यी विषयले हाम्रो शासकीय शैली देखाइरहेको छ । नागरिकताजस्तो गम्भीर विषयलाई राज्यका निकायले राम्ररी हेर्न नसक्ने हाम्रो शासकीय शैली सुशासनसित जोडिएकै मान्नुपर्छ । उदाउँदा उद्यमी प्रेम आचार्यले सरकार र निजी क्षेत्रमा सुशासनको शैलीलाई निर्मम प्रहार र विद्रोह गर्दै आफैँले आफ्नो प्राण लिनेजस्तो गर्नै नहुने काम गरेका छन् ।
पश्चिम नेपालमा रहेका धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि नेपालगञ्जमा आइतबारदेखि वेस्टर्न ट्राभल मार्ट सुरु भएको छ । मङ्गलबारसम्म सञ्चालन हुने कार्यक्रममा भारतको ट्राभल एजेन्ट्स एसोसिएसन अफ इन्डियाका पदाधिकारी र सदस्य, भारतीय सीमावर्ती सहरका टुर अपरेटर, आन्तरिक पर्यटन व्यवसायीलगायतको सहभागिता छ ।
जाजरकोटमा जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको छ । बारेकोट गाउँपालिका ९ का ७१ वर्षीय कालीबहादुर महतारालाई प्रहरीले पक्राउ गरेको हो ।
नेपालबाट कुष्ठरोग निवारणको घोषणा भएको १० वर्ष पूरा हुँदा पनि चितवनको भरतपुर महानगरपालिकामा अझै कुष्ठरोगी फेला पर्ने क्रम रोकिएको छैन। स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाका अन्य छवटा पालिकामा ज्यादै न्यून बिरामी देखिने गरेको भए पनि महानगरपालिका क्षेत्रको प्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा बढीमा यो रोग देखिएको छ। विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुसार प्रति १० हजार जनसङ्ख्यामा एक वा त्योभन्दा कम सङ्ख्यामा कुष्ठरोगी भेटिनु यो रोग निवारण भएको भन्ने मानिन्छ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले सङ्घीय निजामती ऐन छिटो ल्याउन सरकारसँग माग गरेको छ। काभ्रेपलाञ्चोकको पनौतीमा आयोजित सङ्घीयता कार्यान्वयन सिकाई, स्थानीय सरकारका सवाल र आगामी कार्यदिशा विषयक राष्ट्रिय कार्यशालापछि घोषणापत्र जारी गर्दै महासङ्घले स्थानीय सेवासम्बन्धी सङ्घीय मापदण्ड नबन्दा र सङ्घीय निजामती सेवा ऐन नआउँदा स्थानीय सेवाको प्रभावकारी व्यवस्थापन हुन नसकेकोले छिटो ऐन ल्याउन माग गरेको हो।
रामेछापको सुनापति गाउँपालिका–१, गुन्सीमा रहेको शतलिङ्गेश्वर माध्यमिक विद्यालयको भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । २०७२ सालको महाभूकम्पले क्षति भएको विद्यालयको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा)मार्फत पुनर्निर्माण भएको हो ।
सर्लाहीको हरिपुर नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ। नगरप्रमुख गोपाल पञ्जियारले आइतबार वडा नम्बर ३ फरहदवामा पुगेर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण आरम्भ गर्नुभएको हो। लाभग्राहीको सुविधालाई ध्यानमा राखी नगरप्रमुख पञ्जियारले दुई ज्येष्ठ नागरिकलाई भत्ता दिएर वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण आरम्भ गर्नुभएको हो। हरिपुर नगरपालिका–३ का वडाध्यक्ष लाल मोहम्मद सेखले वडाका झन्डै सात सय
पूर्व–पश्चिम राजमार्गको किनारामा लाग्ने कृषि हाटबजार सुरिक्षत र व्यवस्थित गर्न गोलबजार नगरपालिकाका किसानले माग गरेका छन्। गोलबजार नगरपालिकाका केही वडामा उत्पादन हुने तरकारी बिक्री गर्न बिहानदेखि बेलुुकासम्म सडक किनारमै लाग्ने गरेको हाटबजार अव्यवस्थित र असुरक्षित रहेको भन्दै किसानले विगत वर्षदेखि आवाज उठाइरहे पनि अहिलेसम्म व्यवस्थित हुन सकेको छैन। स्थानीय धर्मनाथ महतोका अनुसार एकाबिहानै पाँच सय किसान आफ्नो तरकारी बिक्री गर्न आइपुग्छन्। यहाँबाट तरकार अन्य जिल्लामा पठाइन्छ।
झापा जिल्ला कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ। जिल्लामा गत वर्ष १२१ जना कुष्ठरोगी पहिचान भएर उपचारमा रहेकोमा यो आर्थिक वर्षको छ महिनामा नै यही सङ्ख्यामा थप नयाँ कुष्ठरोगीहरूको पहिचान भएको हो। ७०औँ कुष्ठरोग दिवसको अवसरमा दमकस्थित आम्दा अस्पतालमा भएको प्रदेशस्तरीय समन्वय बैठक एवं अभिमुखीकरण कार्यक्रममा जानकारी दिइएअनुसार पूर्वी नेपालमा कुष्ठरोगको उच्च जोखिम छ।
कोसी अस्पताल विराटनगरमा पत्रु (कवाडी) दाबी विवाद चर्कंदै गएको छ। अस्पताल प्रशासन र ठेकेदारबीच ‘पत्रु’मा देखिएको लोभले तनाव नै उत्पन्न गरिदिएको हो। अस्पताल परिसरका पुरानो मेटार्निटी तथा सर्जिकल, रेडियोलोजी भवन, बच्चा विभागको भवन, विद्युत् पावर हाउस, डा. महेन्द्र महतो र रम्भा सुब्बा बसेको क्वाटर भवन र धोबी भवन भत्काएर नयाँ भवन निर्माणका लागि स्थान खाली गराउने काम भइरहेको छ।
गण्डकी चेम्बर अफ कमर्सले प्रदेशमा आइडिया बैङ्क स्थापना गर्ने निर्णय गरेको छ । गण्डकी चेम्बर अफ कमर्सको आठौँ कार्यसमिति बैठकले ‘सोचबाट उद्यमशीलता’ भन्ने प्रमुख लक्ष्यसहित गण्डकीमा आइडिया बैङ्क स्थापना गर्ने निर्णय गरेको चेम्बर गण्डकीका अध्यक्ष किसान सुनारले जानकारी दिनुभयो ।
कैलालीको घोडाघोडी नगरपालिकामा पहिलो पटक हाट तथा थोक बजार सञ्चालनमा आएपछि किसान उत्साहित भएका छन् । शिवशक्ति सामुदायिक वनको समन्वय र घोडाघोडी उद्योग वाणिज्य सङ्घको पहलमा हाटबजार सञ्चालनमा ल्याइएको हो । हप्तामा दुई पटक लाग्ने गरी शनिबारदेखि हाटबजार सञ्चालनमा आएको हो ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले सङ्घीय शिक्षा ऐन जारी गर्नु आफ्नो कार्यकालको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ। शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)को वार्षिक साधारण सभालाई आइतबार सम्बोधन गर्दै मन्त्री खनालले विद्यालय शिक्षासम्बन्धी ऐन नहुँदा थुप्रै काम अघि बढाउन नसकिएको बताउनुभयो। उहाँले भन्नुभयो, “हुन त प्राथमिकताका क्षेत्र अन्य पनि थुप्रै छन् तर सङ्घीय शिक्षा ऐन र विश्वविद्यालयसम्बन्धी छाता ऐन मेरो पहिलो प्राथमिकतामा छ।”
गोलभेँडाको भाउ निकै सस्तो भएपछि सर्लाहीका किसान मारमा परेका छन् । बजारमा भारतीय गोलभेँडा ओइरिएपछि यहाँका स्थानीय किसानले फलाएको गोलभेँडाले बजार र उचित मूल्य पाउन छाडेको छ । किसानले गोलभेँडा प्रतिक्रेट १५० देखि दुई सय रुपियाँमा बिक्री गरिरहेका छन् ।
इजरायलमा काम गर्ने सहायक श्रमिक (केयरगिभर)को छनोट प्रक्रियालाई पुनरवलोकन गरिने भएको छ । यसअघिको प्रक्रिया असाध्यै ढिलो भएकाले यसलाई छिटोछरितो बनाउन पुनरवलोकन गर्ने विषयमा नेपाल सरकार र इजरायल सरकारबीच छलफल भएको हो ।