पोखरामा आत्मदाह गर्ने एक व्यक्तिलाई बचाउने क्रममा जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ । पोखरा १३, काहुँखोलाकी संगीता सापकोटाको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आइतबार राति मृत्यु भएको हो ।
भूकम्प जाने हल्ला फैलिएपछि हुम्लावासी राति घर बाहिर बस्न बाध्य भएका छ । राति एक्कासी भूकम्प जाने हल्ला फैलिएका कारण हुम्लावासी राति ४ बजेबाट आगनमा आगो बालेर बस्न बाध्य भएका हुन् ।
स्मारकमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहीद स्तम्भमा पुष्पहार अर्पण गर्नुभएको थियो । त्यसबेला नेपाली सेनाको टुकडीले सलामी चढाएको थियो ।
इरान र साउदी अरेबियाले आफ्नो द्विपक्षीय सम्बन्ध सुधारका लागि छिट्टै नै वार्ता गर्ने भएका छन् । सो जानकारी इरानका विदेशमन्त्रीले दिनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आइतबार सेवाग्राहीहरू सेवा लिन लामबद्ध भएर उभिएका थिए ।
शहीद दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले काठमाडौँको लैनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जलि सभा कार्यक्रममा पुगेर श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयबाट ६ जना थुनुवा फरार भएका छन् । थुनुवा कक्षको भित्ता फोडेर आइतबार राती ती थुनुवाहरू फरार भएको बताइएको छ ।
मदेखि म हराएको दिन मैले म जस्तै म गुमाएको दिन न ऊ ऊजस्तै रहन सक्यो न म मजस्तै रहेँ ऊ र म मिलेर बनेको सम्बन्धको लहरा पहराबाट छुटेको दिन
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने तयारी भएको छ । सत्तारुढ दल माओवादी केन्द्रको पदाधिकारी बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ ।
विद्यालय स्तरमा नयाँ प्रतिभाको खोजी र पहिचान गर्न यहाँको एक संस्थाले जिल्ला भलिबल सङ्घलाई २० लाख सहयोग गरेको छ । गौमती खत्री विकास अक्षय कोषले भलिबल सङ्घलाई वार्षिक रूपमा दुई लाखका दरले दश वर्ष सम्म सहयोग गर्ने भएको हो । उक्त सहयोगले विद्यालय स्तरमा भलिबल खेलको विकास र नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने आशा गरिएको छ ।
गण्डकी प्रदेशस्तरीय तेस्रो विद्यालय नाटक महोत्सवमा आज (आइतबार) तीनवटा नाटक ‘तुलसी’, ‘जल्न नसकेको लास’ र ‘दूर देशको भीर गाथा’ मञ्चन भएका छन्। नाटक ‘तुलसी’ जीवन भोगाइका सत्य–तथ्यहरूको उजागर गर्दै प्राचीनतम कला र संस्कृतिलाई झल्काउने काम गरिएको छ। प्राचीन दरबारिया परिवेशलाई आधार मानी लेखिएको नाटकमा सौतेनी प्रवृत्ति, भाग्य र भविष्यको राम्रो द्वन्द्व देखाइएको छ। नाटकलाई भेषराज पौडेलले निर्देशक गर्नुभएको हो।
२०६८ सालबाट रङ्गमञ्चमा लाग्नुभएका परिवर्तत कार्की पोखरा थिएटरका संस्थापक हुनुहुन्छ। करिब दुई दर्जनजति रेडियो नाटक र आधा दर्जन रङ्गमञ्चका नाटक निर्देशन गरिसक्नुभएका उहाँको पहिलो निर्देशकीय नाटक बितेका कुरा थियो। यहाँ आफैँले निर्देशन गरेर नाटक चलाउन धेरै नै गाह्रो हुने उहाँको भनाइ छ। रङ्गमञ्चको अहिलेको अवस्था र यसको चुनौतीबारे गोरखापत्रका लागि सुकृत नेपालले उहाँसँग गर्नुभएको कुराकानी :
गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपरासी बर्दघाट सुस्तामा चार वर्षअघि स्थापना भएको यातायात व्यवस्था कार्यालयले ६० करोड रुपियाँ राजस्व उठाएको छ। यस कार्यालयले दिने सेवाको नकारात्मक टीकाटिप्पणी हुने गथ्र्याे तर अहिले भने सेवासुविधाप्रति सर्वसाधारण सेवाग्राही खुसी देखिएका छन्।