• ८ वैशाख २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्डद्वारा शहीद स्मृति पार्क पुगेर श्रद्धाञ्जली अर्पण

blog

शहीद दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले काठमाडौँको लैनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जलि सभा कार्यक्रममा पुगेर श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै । तस्बिरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, माघ १६ गते । शहीद दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले काठमाडौँको लैनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जलि सभा कार्यक्रममा पुगेर श्रद्धाञ्जलि अर्पण गर्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले शुभकामना सन्देश मार्फत शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनु सबैमा आव्हान गर्नुभएको छ । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख गर्दै उहाँले शहीदका सपना पूरा गर्न आह्वान गर्नुभएको छ । 


उहाँले जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धतासमेत शुभकामना सन्देशमार्फत व्यक्त गर्नु भएको छ ।