• १६ असार २०८१, आइतबार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

blog

काठमाडौँ, माघ १६ गते । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने तयारी भएको छ । सत्तारुढ दल  माओवादी केन्द्रको पदाधिकारी बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ । 

यसअघि गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको भए पनि रवि लामिछानेको नेपाली नागरिकता  सर्वोच्च अदालतले अवैध ठहर गरेसँगै रिक्त भएको थियो । नागरिकता अवैध भएसँगै लामिछानेले उपप्रधान एवं गृह मन्त्रालयको जिम्मेवारी गुमाउनुभएको थियो ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पुनः नेपाली नागरिकता लिएसँगै पार्टीले पुनः गृहमन्त्रीको दाबी गरेको छ । माओवादीले पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको पार्टी सचिवालयले जनाएको छ । नेपाल न्युज एजेन्सी