• ११ वैशाख २०८१, मङ्गलबार

महोत्सवमा तीन नाटक

blog

काठमाडौँ, माघ १६ गते । गण्डकी प्रदेशस्तरीय तेस्रो विद्यालय नाटक महोत्सवमा आज (आइतबार) तीनवटा नाटक ‘तुलसी’, ‘जल्न नसकेको लास’ र ‘दूर देशको भीर गाथा’  मञ्चन भएका छन्। 

नाटक ‘तुलसी’ जीवन भोगाइका सत्य–तथ्यहरूको उजागर गर्दै प्राचीनतम कला र संस्कृतिलाई झल्काउने काम गरिएको छ। प्राचीन दरबारिया परिवेशलाई आधार मानी लेखिएको  नाटकमा सौतेनी प्रवृत्ति, भाग्य र भविष्यको राम्रो द्वन्द्व देखाइएको छ। नाटकलाई भेषराज पौडेलले निर्देशक गर्नुभएको हो। 

नाटक ‘जल्न नसकेको लास’ विशेष रूपमा बढ्दो सूचना प्रविधिको प्रयोगले नेपाली समाजमा परेको प्रभावका बारेमा रहेको छ। सञ्चारका साधनको प्रयोगले गर्दा धेरै मानिसमा सकारात्मकभन्दा बढी नकारात्मक प्रभाव परेको र त्यसबाट कसरी जोगिने भन्ने कुरा नाटकको कथाले बताउँछ। नाटकलाई सुशील खत्रीले निर्देशन गर्नुभएको छ। 

त्यस्तै नाटक ‘दूर देशको भीर गाथा’ गाउँघरका बालबालिकाले भोगेका भोगाइको कथा हो। नाटकलाई पासाङलामु शेर्पाले निर्देशन गर्नुभएको हो।