सङ्घीय संसद्का नयाँ पदाधिकारीलाई सरकारी निवास व्यवस्थापन गर्न सचिवालयलाई सकस परेको छ। भइरहेका कतिपयमा पदाधिकारीको अनिच्छा र केही स्थान दिन सरकारले आनाकानी गरेपछि निवास व्यवस्थापन हुन नसकेको हो। माघ ५ गतै नै निर्वाचित भए पनि सभामुख देवराज घिमिरे सरकारी निवासमा सर्नुभएको छैन। सचिवालयले सभामुख, उपसभामुखको निवास व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयलाई भने ताकेता गरिरहेको छ। संसद् सचिवालयले पदाधिकारी निर्वाचनअगावै निवास व्यवस्थापनका लागि आग्रह गरिसकेको हो। त्यसका लागि पुनः ताकेता गरेको छ तर मन्त्रालयले व्यवस्थापन गरिसकेको छैन। “हामीले सहरी विकासलाई आग्रह गरिसकेका छौँ तर व्यवस्थापन भएको छैन। सभामुख पनि गृह जिल्ला जानुभएकाले पुरानैमा व्यवस्थापन गर्नेबारे पनि थप कुरा भइसकेको छैन,” संसद् सचिवालय स्रोतले भन्यो।
नेपाल सरकारका वेबसाइट फ्रान्स, जर्मनी, इटली, इजरायललगायतका देशबाट साइबर आक्रमण भएको पुष्टि भएको छ। डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस (डिडक्स) आक्रमणका कारण नेपाल सरकारका सम्पूर्ण वेबसाइट शनिबार एक्कासि करिब पाँच घण्टा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपूर्ण, समतामूलक एवं सुसंस्कृत समाज र समृद्ध राष्ट्र बनाउने शहीदको सपनालाई मूर्त रूप दिन आआफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई इमानदारीसाथ पूरा गर्न आग्रह गर्नुभएको छ । शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सो आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिबारे छलफल भएको छ।
संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आज काठमाडौँ आइपुग्नुभएको छ।
ललितपुर महानगरपालिकाका विभिन्न वडाका महिला सदस्यहरूले सर्वसाधारणको अपेक्षा र आफ्नो जिम्मेवारी पूरा गर्न वडामा बजेट र काम गर्ने वातावरण पनि तयार पार्नुपर्नेमा जोड दिएका छन् ।
गायक प्रमोद खरेलले आफूले पाउने पारिश्रमिक धनकुटा महोत्सवमा घाइतेका लागि खर्च गर्ने जानकारी दिनुभएको छ।
नेपालमा नयाँ भेटिएका कुष्ठरोगका बिरामीमध्ये मधेश प्रदेशमा धेरै रहेको पाइएको छ ।
ताप्लेजुङमा सम्पन्न ताप्लेजुङ दौडको उपाधि प्रकाश लिम्बू र समपाल्मु शेर्पाले जित्नुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेशको स्थायी राजधानी सर्छ कि भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गर्नुभएको छ ।
अष्ट्रेलियन ओपन टेनिसको उपाधि सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले जित्नुभएको छ । मेलबर्नमा आइतबार भएको फाइनल खेलमा जोकोभिचले ग्रीसका स्टेफानोस सित्सिपासलाई ३–० को सेटमा हराउँदै उपाधि जित्नुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई पार्टी सभापति चयन गरेको छ । शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता कायम नभएको फैसला गरेपछि उहाँको पार्टी सभापति पद गुमेको थियो ।
प्रदेश १ का सभामुख बाबुराम गौतमले ग्रामीण क्षेत्रका सरकारी शैक्षिक प्रतिष्ठानको गुणस्तर वृद्धि गर्न राज्यले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
‘बराथा स्मृति सम्मान २०७९’ बाट नेपाली व्यंग्यचित्रका क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज कलाकार शरद रञ्जित सम्मानित हुनु भएको छ ।
जिल्लाको सामुदायिक विद्यालयहरूमा विद्यार्थी निरन्तर नआएर शैक्षिक गतिविधि प्रभावित भएर शिक्षाको गुणस्तर खस्किँदै गएकोप्रति प्रदेश सांसद माला कर्णले चिन्ता व्यक्त गर्नुभएको छ ।