उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
मध्य माघको मौसम जाडो निकै छ तर पनि गाउँघरतिर चिसोको परवाह नै नगरी गुजारा गर्न दैनिकीलाई व्यस्त बनाउदै आएका छन् । समान्य परिवारका सदस्यहरु मेनहनमै १२ महिना विताउने गरेको छन् । यो साता देशैभरका समाचारदाताहरुले कैद गरेका दृस्य कथा ः
आयोजनाका इन्जिनियर र प्रमुखले गरेको डिजाइन नै गलत हुँदा राज्यले करोडौँ भार खेप्नु परेको छ । तर आयोजना प्रमुखले हल्का रूपमा लिँदै थप मर्मत गर्ने बताउँछन । यो कम्पनीले सरकारलाई करोडौँ रुपैयाँ नोक्सानी भएको छ भने यातायात सञ्चालनमा समेत अतिजोखिम भएको छ ।
कैलालीमा आज बाक्लो हुस्सु लागेको छ । हिजो र आज बिहान शीतलहरूसमेत चलेको थियो ।
पूर्व गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट आज आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिने हुनुभएको छ ।
मुहारको आभा निस्तेज दृष्टि बिस्तारै धूमिल छ । प्रश्नै–प्रश्नका धर्सा छन् सायद ती गालाका चाउरीमा निको होला भन्दा बल्झिँदैछ
झनझन बज्दछ प्रीतिको तार अझ बन्धन भो झनझन, छनछन चुरा छिनछन बज्दा कायल मन भो झनझन । फनफन चङ्गा क्षितिजमा हेर ! चुड्छ कि प्रेमको धागो, मनमन शङ्गा–बादल लाग्दा दिल रञ्जन भो झनझन ।
नियालेको छु तिमीलाई कहिले समीप त कहिले दूरबाट धेरै वर्षदेखि सबै यामहरूमा ए शैलचुली ! म तिमीसँगै बात मारिरहेको छु ।
जिल्लामा लामा समुदायका महिलाले परम्परादेखि नै लगाउने बक्खु ‘पुँको’ मूल्य साढे एक लाख रुपियाँसम्म पर्ने गरेको छ । चाडपर्व र मेलापातमा महिलाले अनिवार्य गलाउने उक्त पोसाक निक्कै मेहनत गरी तयार गर्नुपर्ने भएका कारण मूल्य महँगो पर्ने गरेको हो । सिमकोट गाउँपालिका–३ क छपाल लामाले विशेष अवसरमा महिलाले लगाउने बक्खु ‘पुँको’ मूल्य एक लाख साठी हजारसम्म पर्ने बताउनुभयो । उहाँले उक्त पोसाक यसरी महँगो पर्नुका कारण ऊनको धागो तयार पारेर पाखी बुन्ने, रङ्ग लगाउने, सिलाउने, बक्खुको बाहुलामा सानो टु्क्रा बाघको छालासमेत राखिने भएका कारण भएको बताउनुभयो । लामा समुदायका महिलाले आफ्नो आर्थिक हैसियतअनुसार यी बक्खु तयार गर्ने वा खरिद गर्ने गर्नुहुन्छ । उहाँले कम मूल्यको बक्खुको ६० हजार रुपियाँ पर्ने बताउँदै महिलाले लामा समुदायले मनाउने माने, लोसार, रलिङ मेला, विशेष पाहुना गाउँमा आउँदा स्वागत सत्कारका बेला लगाउने गरिन्छ ।
चलचित्र ‘सतीदेवी’ बन्ने भएको छ । चलचित्र विकास बोर्डबाट इजाजत पत्र लिँदै चलचित्रको नाम सार्वजनिक गरिएको हो । चलचित्रमा अभिनेत्री मलिका महतको मुख्य भूमिका रहनेछ ।
तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा शनिबार दुईवटा नाटक मञ्चन भएका छन् । ‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल मन्त्रका साथ सुरु भएको महोत्सवमा केदार श्रेष्ठको लेखन र अञ्जु दाहाल निर्देशित नाटक ‘करेसा कन्सर्ट’ र दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको नाटक ‘गुलेली मास्टर’ मञ्चन भएको हो ।
जिल्लाका अधिकांश स्थानीय तहले सार्वजनिक सुनुवाइ नै नगरेको पाइएको छ। सामाजिक जवाफदेहिताको औजारका रूपमा मानिने सार्वजनिक सुनुवाइ गाउँ तथा नगरपालिकाले नगर्दा सरकारले सञ्चालन गर्ने विकास गतिविधिको जानकारी पाउनबाट सर्वसाधारण वञ्चित हुने गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले फरार व्यक्तिहरूको खोजीमा सक्रियता बढाएसँगै पछिल्ला दिनमा दैनिकजसो दोषी तथा अभियुक्तहरू पक्राउ परिरहेका छन्। जिल्ला अदालत सुर्खेतको विवरणअनुसार जिल्लामा सजाय तोकेका ९२२ जना फरार छन्। पुस मसान्तसम्मको प्रतिवेदनमा कैद जरिवाना लागेका ती व्यक्तिहरूबाट कुल एक हजार ९४९ वर्ष तीन महिना १९ दिन लगत कैद असुली हुन बाँकी छ। जसमा ९२१ जना स्वदेशी नागरिक छन्, एक जना विदेशी नागरिक छन्।
डोल्पाका अनाथ, गरिब र आर्थिक विपन्न बालबालिकालाई शैक्षिक सामग्रीसहित विद्यालय पोसाक वितरण गरिएको छ। त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोटमा रहेको महिला सामुदायिक सेवा समाजले सहयोग नेपाल सञ्जालको आर्थिक सहयोगमा त्रिपुरासुन्दरी नगरपालिकाभित्रका ११ वटा वडामा रहेका ३५ जना बालबालिकालाई शैक्षिक सामग्री तथा विद्यालय पोसाक वितरण गरेको हो।