• ७ जेठ २०८१, सोमबार

सुवेदीको निर्देशनमा ‘सतीदेवी’ बन्दै

blog

काठमाडौँ, माघ १५ गते । चलचित्र ‘सतीदेवी’ बन्ने भएको छ । चलचित्र विकास बोर्डबाट इजाजत पत्र लिँदै चलचित्रको नाम सार्वजनिक गरिएको हो । चलचित्रमा अभिनेत्री मलिका महतको मुख्य भूमिका रहनेछ । 

लक्ष्मण सुवेदीको निर्देशन, निर्माण तथा लेखनमा बन्ने चलचित्रमा मलिकासँगै भोलाराज सापकोटा, कुलदीप अधिकारी, मनीषा सापकोटालगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रका अन्य कलाकार छनोट हुने बाँकी छ । दिलासा क्रिएसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको ब्यानरमा निर्माण हुने चलचित्रको छायाङ्कन फागुन महिनादेखि सुरु गरिने बताइएको छ ।