• १२ वैशाख २०८१, बुधबार

दृश्य समाचार (फोटो फिचर)

blog

टपरी गाँस्दै : पूजाका लागि सालको टपरी गाँस्दै रुकुम [पूर्व] सिस्ने गाउँपालिकाका महिला दिदीबहिनी । विगतको समयमा यसरी सबैजना जम्मा भएर टपरी गास्ने चलन धेरै थियो । पछिल्लो समयमा यसरी सबैजना मिलेर टपरी गाँसेको बिरलै पाइन्छ । तस्बिरः रासस

काठमाडौं, माघ १५ गते । मध्य माघको मौसम जाडो निकै छ तर पनि गाउँघरतिर चिसोको प्रवाहनै नगरी गुजारा गर्न दैनिकीलाई व्यस्त बनाउदै आएका छन् । समान्य परिवारका सदस्यहरु मेनहनमै १२ महिना बिउने गरेको छन् । यो साता देशैभरका समाचारदाताहरुले कैद गरेका दृश्य कथा:

मनोरम मार्फा गाउँ: हिमाली जिल्ला मुस्ताङको   मार्फा गाउँ र आडैमा रहेको सम्तेलिङ मार्फा गुम्बा ।  बेनी- जोमसोम- कोरोला सडक खण्ड नजिकै पर्ने  मार्फा गाउँ घुम्न आउने  आन्तरिक तथा बाह्य पर्यटकहरू   गुम्बा पनि  अवलोकन गर्ने गर्दछन । 

रुप्से झरनामा रमाउँदै पर्यटक: म्याग्दीको दानमा पर्ने प्रसिद्ध रुप्से झरनामा रमाउँदै गरेका आन्तरिक पर्यटक । 

शनिबारे हाट: सिन्धुलीको सिन्धुलीमाडीमा साप्ताहिक रुपमा शनिबार लाग्ने हाटमा तरकारी किनबेच गरिँदै । 

     

मनोरम बल्थली फाँट र बस्ती: काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ स्थित बल्थलीको सुन्दर फाँट र बस्ती । यो फाँटमा अहिले स्थानीयले आलु रापेका छन् । 


ठेकी बनाउँदै : कास्कीको रुपा गाउँपालिका ७ हंसपुरका विश्वकर्मा युवा लमजुङको मध्यनेपाल नगरपालिका ४ रम्घामा ठेकी बनाउँदै । गाउँमै बजार नपाएपछि हंसपुरका ३० जनाले ६ समूह बनाएर कास्की, लमजुङ र तनहुँका विभिन्न बस्तीमा पुगेका छन् ।


बाँधस्थलमा काम हुँदै : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा काम हुँदै । आयोजनाको तीन वटै प्याकेजमा काम भइरहेको छ । तस्बिरः रासस