हिमाली जिल्ला मुगुमा पहिलो पटक परेको हिमपातले नाग्म–गमगढी सडक अवरुद्ध भएको छ। घुच्चीलेकमा हिमपात हुँदा सडक अवरुद्ध भएको हो। यातयात व्यवसायी प्रेमसिङ रोकायाले मालवाहक र यात्रुवाहक दर्जनौँ गाडी घुच्चीलेकमै अलपत्र परेको जानकारी दिनुभयो। उहाँका अनुसार घुच्चीलेकदेखि बाँदखोलासम्म सडकमा झन्डै दुई फिटभन्दा बढी हिउँ जमेको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत लिने तिथिमितिको अझै टुङ्गो लाग्न सकेको छैन। सरकार गठनमा सहयोग गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिन नसक्ने कुरा राखेपछि विश्वासको मत लिने मिति टुङ्गो लाग्न नसकेको हो।
कैलालीको घोडाघोडी चरा आरक्षस्थित माघी होमस्टेमा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको छ। किसानका साथीका रूपमा चिनिने लाटोकोसेरो तथा हुचिलको संरक्षणसम्बन्धी सचेतना फैलाउने उद्देश्यले सो उत्सव आयोजना गरिएको हो। संरक्षणमा क्रियाशील संस्था प्रकृतिका साथीहरू र चरा संरक्षण नेटवर्क कैलालीले उत्सव गर्न लागेको हो। माघ २० र २१ गते उत्सव हुने शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।
नेपालगञ्ज मेडिकल कलेजका प्लास्टिक सर्जन डा. विनोद कर्णले कालो कोठीले अनुहार ढाकिएकी १० वर्षीया विपन्न बालिकाको सफल शल्यक्रिया गर्नुभएको छ। बाँकेको जानकी गाउँपालिका–१ की १० वर्षीया फूलजहा कबडियाको अनुहारको उपचारमा कसैले वास्ता नगरेपछि डा. कर्णले दुई चरणको जटिल शल्यक्रिया निःशुल्क गर्नुभएको छ।
उद्योगपति एवं नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी विकासका लागि १५ वटा महत्त्वपूर्ण योजना तयार गर्नुभएको छ । प्रतिनिधि सभा निर्वाचनका क्रममा क्षेत्रको समग्र विकासबारे जनतामा गरेको प्रतिबद्धता कार्यान्वयन गर्न सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको सम्भाव्यता अध्ययन योजनाहरू तयार गर्नुभएको हो। सो क्षेत्रमा बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका तथा सरावल गाउँपालिकाअन्तर्गतका चार वडा गरी कुल ३४ वटा वडा पर्छन्। पहिलो चरणमा निर्वाचन क्षेत्र नम्बर १ को बृहत्तर विकासका लागि
दक्षिण अमेरिकी मुलुक ब्राजिलमा वामपन्थी मजदुर नेता लुइज इनासियो लुला दा सिल्भा तेस्रो पटक सत्ताको नेतृत्वमा पुगेका छन् ।
कानुनी राज्यमा सबै तह र तप्काका जनताले कानुनको परिपालना गर्नुपर्दछ अन्यथा कानुनीराजको कुनै उपादेयता हुँदैन । ‘सानालाई ऐन ठूलालाई चैन’को अवस्था सिर्जना भएमा आमजनताको कानुनमाथि आस्था र भरोसा विखण्डित बन्न सक्छ । गएको हप्ता नेपाली राजनीतिक वृत्त तथा आमसर्वसाधारणमा निवर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दा प्रकरण निकै चर्चा तथा चासोको विषयमा रह्यो । सर्वोच्च अदालतले लामिछानेले नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रिया पूरा नगरेको फैसला गर्दै प्रतिनिधि सभाको सांसद, पार्टी अध्यक्षसहित सबै राजकीय पदबाट मुक्त गरेको छ ।
संविधान जारी भएपछिको दोस्रो कार्यकालका रूपमा निर्वाचित जनप्रतिनिधिको विश्वासको मतबाट नयाँ सरकार र संसद्बाट सभामुख चयन भएपश्चात् अबको संसद् र सरकारको कार्यदिशा कानुन निर्माण र कार्यान्वयनका सन्दर्भमा अगाडि बढ्नुपर्दछ । सरकार र संसद् एक अर्काबीच अन्योन्याश्रित हुन्छन् । तथापि यी दुई राज्यका अङ्ग जनताका निर्वाचित प्रतिनिधिका रूपमा संसद्मा विधायिका र सरकारमा कार्यकारिणीका जिम्मेवारीमा आफ्ना काम कर्तव्य अगाडि बढाउनुपर्ने कानुनी व्यवस्था छ ।
नेपाली अर्थतन्त्रको चर्चा हुनेबित्तिकै सबैको ध्यान कृषि क्षेत्रमा जान्छ । अझै पनि कृषि क्षेत्रलाई नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । यद्यपि पछिल्ला वर्षमा यो क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादनमा गर्ने योगदान भने घट्दै गएको छ । सन् १९६०–८० को दशकमा देशको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान ६० देखि ७० प्रतिशतसम्म रहेकामा सन् २००० मा आउँदा ४० प्रतिशत, २००७ मा ३३ प्रतिशत, सन् २०१७ मा २७.६ र सन् २०२२ मा २३.९ प्रतिशत रहेको देखिन्छ । कृषि क्षेत्रको योगदान घट्नुको अर्थ अन्य क्षेत्र मु
यतिखेर हामी शहीद सप्ताहको अन्तिम चरणमा आइपुगेका छौँ । माघ १६ गते शहीद सप्ताहको अन्तिम दिन हो । यसो त वि.सं. १९९७ सालमा १०४ वर्षीय राणा शासन अन्त्यका लागि पाँच जना वीर नेपाली सपुतले प्रजातन्त्र प्राप्तिका लागि आफ्नो प्राण आहुति दिए । गङ्गालाल, धर्मभक्त, शुक्रराज शास्त्री, दशरथ चन्द, चिनियाँ काजीलाई जनजनले अमर शहीद भनेर वर्षाैंदेखि सम्मान गर्दै आइरहेका छन् ।
‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
लाखौँ रुपियाँ खर्च गरेर बनाइएको ‘गौमुखी क्षेत्र पर्यटन पद मार्ग’ ओझेलमा परेको छ। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्र समेटेर पदमार्ग निर्माण गरिएको हो। लिवाङको दहिहाल्ना, लालीगुराँस रङ्गशाला, पुँजाको बाग्लिवाङ, तामाखानी, रजवाराको झाँक्रीढुङ्गा, तिखाचुली पहाड, नाङ्गी लेक, अर्खाको बाइसमूल झरना, गौमुखी मन्दिर, तामाङ गाउँ हुँदै खुङ, नारीकोटसम्म पद मार्ग निर्माण गरिएको तत्कालीन उपभोक्ता समितिका अध्यक्ष एवं गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले बताउनुभयो।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले प्रदेश राजधानीलाई एकीकृत बस्ती रूपमा विकास गर्ने योजना रहेको बताउनु भएको छ ।
गण्डकी प्रदेशले नयाँ मुख्यमन्त्री पाएसँगै मन्त्रिमण्डल विस्तार भएको छ। विस्तारित मन्त्रिपरिषद्का सात जना मन्त्रीले पदभार ग्रहण गर्नुभएको छ। मन्त्रीहरूले पदभार ग्रहणका क्रममा आफ्नो मन्त्रालयबाट गर्ने कामको पहिलो निर्णय पनि सार्वजनिक गरेका छन्। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले कार्य विभाजनबिना सफल नहुने भन्दै योजना वर्गीकरण गर्नुपर्ने बताउनुभएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख गोपालकुमार अधिकारीले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न अख्तियार सक्रिय रहेको बताउनुभएको छ। सिरहाको धनगडीमाई नगरपालिकाको प्रशासनिक भवनमा शनिबार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको थियो। तीनै तहको सरकारले पठाएको बजेट सदुपयोग नहुँदा आमजनतामा बढिरहेको निराशालाई अन्त्य गर्न अख्तियार सक्रिय रहेको भन्दै प्रमुख अधिकारीले सचेत नागरिकहरूले विकासका लागि आएको बजेट वितरणको प्रक्रिया र समयमा विकासका आयोजनाहरू सम्पन्न गर्न रहनुपर्ने सक्रियता बढाउँदा अनियमितता रोकिने तर्क गर्नुभयो।