कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले प्रदेश राजधानीलाई एकीकृत बस्ती रूपमा विकास गर्ने योजना रहेको बताउनु भएको छ ।
गण्डकी प्रदेशले नयाँ मुख्यमन्त्री पाएसँगै मन्त्रिमण्डल विस्तार भएको छ। विस्तारित मन्त्रिपरिषद्का सात जना मन्त्रीले पदभार ग्रहण गर्नुभएको छ। मन्त्रीहरूले पदभार ग्रहणका क्रममा आफ्नो मन्त्रालयबाट गर्ने कामको पहिलो निर्णय पनि सार्वजनिक गरेका छन्। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले कार्य विभाजनबिना सफल नहुने भन्दै योजना वर्गीकरण गर्नुपर्ने बताउनुभएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख गोपालकुमार अधिकारीले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न अख्तियार सक्रिय रहेको बताउनुभएको छ। सिरहाको धनगडीमाई नगरपालिकाको प्रशासनिक भवनमा शनिबार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको थियो। तीनै तहको सरकारले पठाएको बजेट सदुपयोग नहुँदा आमजनतामा बढिरहेको निराशालाई अन्त्य गर्न अख्तियार सक्रिय रहेको भन्दै प्रमुख अधिकारीले सचेत नागरिकहरूले विकासका लागि आएको बजेट वितरणको प्रक्रिया र समयमा विकासका आयोजनाहरू सम्पन्न गर्न रहनुपर्ने सक्रियता बढाउँदा अनियमितता रोकिने तर्क गर्नुभयो।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले दुई महिनाभित्रै निजामती सेवा ऐन संसद्मा टेबल गर्ने दाबी गर्नुभएको छ। विराटनगरमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री मोदीले निजामती ऐन आउन नसक्नुको कारणबारे अध्ययन गरिरहेको बताउँदै यसलाई प्राथमिकतामा राखिएको बताउनुभयो।
कोसी राजमार्गअन्तर्गत रानी– विराटनगर– इटहरी– धरान छ लेन सडक निर्माण तथा विस्तारका क्रममा इटहरी बजार क्षेत्रभित्र रहेका अवैध घरटहरा हटाउने अभियान सुरु गरिएको छ। भारतको जोगबनीदेखि चीनको किमाथाङ्कासम्म जोड्ने यो सडक राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको छ।
इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । पालिकाभित्र सञ्चालित बाल कक्षादेखि कक्षा १२ सम्म सामुदायिक विद्यालयमा ६१ दशमलव ७४ प्रतिशत र संस्थागत विद्यालयमा ३८ दशमलव ३६ प्रतिशत विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाका प्रवक्ता ख्यामबहादुर भुजेलले जानकारी दिनुभयो ।
पुतलीबजार नगरपालिका–११ मा रहेको गण्डकी प्रदेशको सबभन्दा ठूलो शीतभण्डारमा सुन्तला कुहिँदा किसान मारमा परेका छन् । शीतभण्डारमा व्यवस्थापन र प्राविधिक समस्या आउँदा सुन्तला राखेको डेढ महिनामा ढुसी आएर बिग्रिएको हो । मङ्सिर १४ गतेदेखि सुन्तला शीतभण्डारमा राख्न थालिएकामा दुई महिना नपुग्दै ढुसी आएको हो । शीतभण्डारमा राखिएका सुन्तला ७० प्रतिशतसम्म बिग्रिएका छन् ।
दोलखाको शैलुङ गाउँपालिकास्थित धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा पर्यटकीय महत्त्व बोकेको सुन्दर शैलुङ क्षेत्र जनचासो कम हुँदा तथा सम्बन्धित निकायको उपेक्षाका कारण ओझेलमा परेको छ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटर उचाइमा रहेको यो स्थानको महत्त्व र प्रसिद्धि हुँदाहुँदै पनि यसतर्फ कसैको खासै ध्यान नपुग्दा ओझेलमा परेको हो ।
मकवानपुरको कैलाश गाउँपालिका–२ स्थित वैकुण्ठमा निर्माण भएको पिङ यहाँको थप आकर्षणको केन्द्र बन्न पुगेको छ । साबिकको डाँडाखर्क गाउँ विकास समितिको वडा नं. ५, ७, ८ र ९ गाभेर बनेको कैलाश गाउँपालिका वडा नं. २ को वैकुण्ठ आफैँमा धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वको स्थल हो । पालिकाको १५ लाख रुपियाँको लागतमा वैकुण्ठको डाँफे मुनाल पार्क नजिकै २० र ३० फिटको दुईवटा आकर्षक पिङ निर्माण गरिएका छन् ।
दोलखाको बिगु गाउँपालिका र गौरीशङ्कर गाउँपालिका जोड्न तामाकोसी नदीमा काठको अस्थायी पुल हालेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । स्थायी पुल नहुँदा बिगु गाउँपालिकाको गोँगर र गौरीशङ्कर गाउँपालिकाको टासीनाम आवतजावत गर्न यो काठको अस्थायी पुल हाल्नु परेको बिगु गाउँपालिका–१ का वडाध्यक्ष मेमबहादुर तामाङले जानकारी दिनुभयो ।
हुम्लाको हिल्दुम साना जलविद्युत् आयोजनाले दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्न थालेको छ । पानीको स्रोत कम भएको र नदीको पानी पनि जमेका कारण विद्युत् उत्पादन कम भएकाले लोडसेडिङको समय वृद्धि गर्नु परेको आयोजनाले जनाएको छ । सिमकोट बजारका ओबराज शाहीले बिहानदेखि बेलुकासम्मको अधिकांश समय लोडसेडिङ हुने भएकाले काममा बाधा परेको गुनासो गर्नुभयो । राति ९:३० बजेपछि भने विद्युत् आपूर्ति हुने गरेको छ । हिल्दुम विद्युत् वितरण केन्द्रका प्रमुख साजन ऐडीले हिउँदको समय भएकाले नदीको पानी प्रवाह कम हुने भएका कारण लोडसेडिङको समय वृद्धि भइरहेको बताउनुभयो । नदीमा पानीको प्रवाहमा कमीका साथै भएको पानी पनि जमेर बरफ बन्ने भएकाले बिहानको समय त विद्युत् उत्पादन गर्न नसकिएको उहाँले स्पष्ट पार्नुभयो ।
रुकुमपूर्वको रुकुमकोटमा सञ्चालन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालयले सहकारी संस्थामार्फत गाउँगाउँमा चामल बिक्री गर्ने योजना पनि बनाएको छ । सो शाखा कार्यालयले जिल्लामा रहेका सहकारी संस्थालाई चामल बिक्री गर्न आग्रह गरेको छ । सहकारी संस्थाले चामल बिक्रीका लागि यो शाखासँग सम्झौता गरेमा सदरमुकामकै मूल्यमा गाउँमा चामल बिक्री गर्न पाउने व्यवस्था गरिएको छ ।
वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन गरिएको छ। डल्लु आवास स्थानीय समितिद्वारा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय पुरस्कार विजेता डा. रुइतलाई कदरपत्रसहित अभिनन्दन गरिएको हो। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले उहाँलाई सम्मान गर्नुभयो। पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले स्वास्थ्य क्षेत्रमा रुइतले
कुमाल समुदायको पेसा संरक्षणका लागि पहल सुरु भएको छ । गुल्मीको इस्मा गाउँपालिका–६, अमरपुर बुल्मचौरमा “औद्योगिक लगानी पूर्वाधार, समृद्धको बलियो आधार” भन्ने मुल नाराका साथ बुल्म सेरामिक वस्तु विकास केन्द्रमा तीन महिने तालिम सुरु गरिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको कार्यवाहक सभापति तथा संसदीय दलको नेतामा डोलप्रसाद अर्याललाई चयन गरेको छ। सर्वोच्च अदालतको फैसलाअनुसार पार्टी सभापति तथा संसदीय दलको नेता रवि लामिछानेको पद गुमेपछि अर्याललाई दुइटै जिम्मेवारीमा चयन गरिएको हो।