खोटाङको एक विद्यालय डेढ वर्षदेखि कार्यालय सहयोगीको भरमा रहेको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित भीमकन्या प्राथमिक विद्यालयमा डेढ वर्षदेखि एक जना कार्यालय सहयोगी मात्र रहेको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले कावासोतीमा भीड तथा दङ्गा नियन्त्रण सम्बन्धी नमुना अभ्यास प्रदर्शन गरेको छ । आन्दोलनका क्रममा हुने धनजनको क्षति रोक्न नवलपुरका सुरक्षा निकायद्वारा स्थिति नियन्त्रण नमुना अभ्यास गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार चित्त बुझ्दो नभएको बताउनुभएको छ । शनिबार बिहान विमानस्थलको अनुगमन गर्न पुग्नुभएका मन्त्री किरातीले यस्तो बताउनुभएको हो ।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक शनिबार ललितपुरको बालकुमारीमा सुरु भएको हो ।
सीता एयरलाइन्सले ताप्लेजुङ–काठमाडौंको भाडा दर घटाएको छ । हवाई यात्रा गर्ने यात्रु नभएपछि सीता एयरलाइन्सले भाडा घटाएको हो ।
पाल्पामा ट्याक्टरको ठक्करबाट आमा–छोराको मृत्यु भएको छ । लु. २ त. ९८८४ नम्बरको ट्याक्टरले लु.५३ प.७५७१ नम्बरको स्कुटरलाई शनिबार बिहान ठक्कर दिँदा आमा–छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जनवरी २४ मा क्यालेस बन्दरगाहमा नियमित सवारी गस्तीका क्रममा फ्रान्सेली भन्सार अधिकारीहरूले पोल्याण्डका चालकको गाडीमा ३५० किलोग्राम लागूऔषध बरामद गरेको फ्रान्सेली दैनिक ले फिगारोले शुक्रबार प्रहरी स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
झुत्रो कपडा लगाएर सन्दीप मेरै टोलमा घुमिरहेको थियो । ऊ आफ्नै तालमा मनका उल्झ्नसँग छटपटिएको जस्तो देखिन्थ्यो । बेला बेला उसका ओठ चलायमान देखिन्थे । उसले औँला चलाउँथ्यो । दाहिने हात टाउको भन्दा माथि पु-याउँथ्यो, कसैलाई बोलाउँदै छ जस्तो पारामा । मैले, उसलाई अलि परै देखिसकेको थिएँ । ऊ सोचमग्न भएर मतिर आउँदै थियो । म उभिएर उसलाई नियालिरहेको थिएँ । उसलाई ठूलो आपत्ति भएजस्तो मैले लख काटेँ । ऊ मलाई धक्का देलाझैँ गरी आइपुग्यो । तैपनि उसले मलाई देखेन । ऊ मलाई उछिनेर जाँदै थियो । यहीबेला मैले उसको हात च्याप्प समाउँदै भने, “सन्दीप, तिमी कता ? केको हतार हो ? आँखै नदेख्ने भएछौ तिमी त ?” झल्याँस्स सपनाबाट बिउँझिएझैँ गरी उसले भन्यो, “ए तिमी ! म आज अलि तनावमा छु यार । कोठा खोज्नुछ । घरबेटीले तीन
गुटुमुटु पारेर नानीहरू हिँडिरहेका छन् आमाहरू सुस्तरी सुस्तरी शीतलहरले कावा खेलिरहेको छ बस्तीमा एक मुठी लाज गुटुमुटु पारेर मनभरि गीताहरू भौतारिरहेकी छिन् मोबाइलको रिङटोनहरूमा
थाल्न्पथ्र्यो हामीले पहिलो पाठ ‘माटो’को वर्णमालाबाट लेख्नुपथ्र्यो हामीले पहिलो अक्षर ‘माटो’को प्रिय शब्दबाट बुझ्नुपथ्र्यो हामीले पहिलो तत्त्व
तिमी देख्छु सधैँ खुसी, मनमा फूल फुलेपछि मन खुसी सधैँ हुन्छ, माया खुसी भए पछि ।
लामो समयदेखि बेलायतलाई कर्मथलो बनाउँदै आइरहनुभएका र नेपाली साहित्य सिर्जनामा अनवरत् कलम चलाइरहनुभएका नियात्राकार कृष्ण बजगाइँको चौथो नियात्राकृति प्रकाशित भएको छ । नियात्राकृतिको नाम उहाँले जापानी भाषाबाट राख्नुभएको छ– उमिहोतारू ।
काठमाडौं, माघ २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो । भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ ।
तनहुँको व्यास नगरपालिकाद्धारा सञ्चालित गौ संरक्षण केन्द्रले भोजनको व्यवस्था गरेपछि लोपोन्मुख अवस्थामा रहेको गिद्ध बढ्न थालेका छन् ।