• १३ वैशाख २०८१, बिहिबार

पाल्पामा ट्याक्टरको ठक्करबाट आमा–छोराको मृत्यु

blog

साङकेतिक तस्बिर

रेखीराम राना
पाल्पा, माघ २१ गते ।
 पाल्पामा ट्याक्टरको ठक्करबाट आमा–छोराको मृत्यु भएको छ । लु. २ त. ९८८४ नम्बरको ट्याक्टरले लु.५३ प.७५७१ नम्बरको स्कुटरलाई शनिबार बिहान ठक्कर दिँदा आमा–छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा तानसेन नगरपालिका–१३, बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र सोही ठाउँका ३९ वर्षीया मिना थापा मिधुन रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताउनुभयो । दुर्घटनामा परी मृत्यु हुने आमा–छोरा रहेको उहाँले बताउनुभयो ।

तानसेनदेखि खानीगाउँतर्फ जाँदै गरेको ट्याक्टरले सोहीतर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको हो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते आमाछोरालाई उपचारका लागि जिल्ला अस्पताल पाल्पामा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि ट्याक्टर चालक धादिङका हरिलाल चेपाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।