• ५ वैशाख २०८१, बुधबार

नेकपा एसको केन्द्रीय कमिटीको बैठक सुरु

blog

काठमाडौं, माघ २१ गते । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक शनिबार ललितपुरको बालकुमारीमा सुरु भएको हो ।

आजबाट सुरु भएको केन्द्रीय कमिटीको बैठक भोलि (आइतबार)सम्म जारी रहनेछ । बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुने र महासचिव डा. वेदुराम भुसालले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

बैठक अवधिमा यी दुवै विषयहरूमा नेताहरूले छलफल गर्नुहुनेछ । प्रतिवेदनमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवम् घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल हुनेछ ।