• १२ वैशाख २०८१, बुधबार

गीत

blog

तिमी देख्छु सधैँ खुसी, मनमा फूल फुलेपछि

मन खुसी सधैँ हुन्छ, माया खुसी भए पछि ।


भावमा अनेक छन्, अनेकमा एक छ 

स्वास्र्थ एक हुँदा यहाँ, अनेकमा एक छ  

देश फुल्छ सदा यहाँ, उषा ती आएपछि 

मन खुसी सधैँ हुन्छ, माया खुसी भएपछि ।


जति दियो उति बढ्ने, रहेछ माया पनि 

जति माया उति तृष्णा, रहेछ जिन्दगानी 

मन खुसी कहीँ हुन्न, माया दुःखी भएपछि

मन खुसी सधैँ हुन्छ, माया खुसी भएपछि ।