काठमाडौं, असार २२ गते। गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बुधबारको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। प्रतिनिधिसभाको बैठकमा सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक संशोधनका लागि सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गर्नुभए पनि गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो। सांसद झपटबहादुर रावलले प्रतिनिधिसभामा निर्णायार्थ प्रस्तुत प्रस्ताव पास गर्नु अगाडि उपस्थितिको संख्या गणनाको माग राख्नुभएपछि गणना गर्दा गणपुरक संख्या नपुगेको हो। कार्यसूची अनुसार सभामुख सापकोटाले सामाजिक सुरक्षा पहिलो संशोधन विधेयक राज्य व्यवस्था तथा सुशासन प्रतिवेदनको क्रम संख्या १ देखि ४ सम्म उल्लेखित संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। प्रस्ताव पारित गर्न संविधानको धारा ९४ अनुसार एक चौथाई अर्थात् ६९ सदस्य उपस्थित हुनुपर्छ। बैठकमा ६७ सदस्यमात्र उपस्थित भएको भन्दै सभामुख सापकोटाले कार्यसूचीबाट बाँकी कार्यक्रम हटाएर अर्को बैठक बिहीबार दिउँसो २ बजे बस्ने सूचना सुनाउनुभएको हो। बुधबारको अघिल्लो बैठकसमेत गणपुरक संख्या नपुगेर १५ मिनेटका लागि स्थगित भएको थियो। अघिल्लो बैठकमा ६९ सदस्य उपस्थित हुनुपर्नेमा ६५ सदस्य मात्र उपस्थित थिए। अघिल्लो बैठकमा औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न लाग्दा गणपूरक सङ्ख्या नपुगेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको थियो । बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले गणपूरक सङ्ख्या नपुगेको भन्दै नियमापत्ति गरेपछि सभामुख सापकोटाले बैठकमा ३ मिनेट जनाऊ घण्टी बजाएर सांसदहरूको सङ्ख्या यकीन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको थियो ।
प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकले ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
विश्व बैंकबाट प्राप्त हुने ५९.६ मिलियन सहायता स्वीकार गर्ने सरकारको निर्णय
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन मंसिर २ गतेका लागि सरकारलाई सिफारिस गरेको र त्यसकालागि करिब १० अर्व रुपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान सरकारलाई पेश गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जङ्गली च्याउ नखान आग्रह गरेको छ । मन्त्रालयले सूचना निकाल्दै जङ्गली च्याउ विषलु हुने भन्दै नखान आग्रह गरेको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आमसंचार विधेयक सञ्चार मैत्री हुने बताउनु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा संगीता मिश्राका अनुसार २४ घण्टामा एक हजार ५४९ जनाको आरटी पिसिआर परीक्षण गर्दा ९० जनामा कोरोना पुष्टि भएको हो ।
नेपालमा दुईजनामा ओमिक्रोनको उपप्रजातिका ‘बीए५’ भेरिएन्ट पुष्टि भएको छ ।
बुधवार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। मंगलबार ९ अंकले गिरावट आएको नेप्से परिसूचक बुधबार १३.३३ अंक बढेर २०४३.९२ बिन्दुमा पुगेको छ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का नेता तथा सांसद राजेन्द्र महतोले जन्मसिद्धका सन्तानलाई नागरिकता दिने सवालमा सहमति जुटेको बताउनुभएको छ । बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले सो कुराको जानकारी गराउनुभयो ।
अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई बजेट निर्माणको क्रममा बोलाएर करको दर हेरफेर गरेको भन्ने विषयमा विवाद बढेपछि छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन भएको छ ।
नेकपा (एमाले) का सचिव तथा प्रतिनिधि सभाका सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा एमालेको बटमलाइन भएको बताउनुभएको छ । बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
सङ्घीय संसद्को प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठकमा प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटाले समिति गठनबारे प्रतिनिधिसभा बैठकमा प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
गत जेठमा कोरोनामुक्त घोषणा भएको सुदूरपश्चिम प्रदेशमा फेरि कोरोना सङ्क्रमण बढ्न थालेको छ । भारतबाट फर्किएका र स्थानीयस्तरमा रहेका व्यक्तिहरुमा कोरोना सङ्क्रमण देखा पर्न थालेको प्रादेशिक स्वास्थ्य निर्देशनालय धनगढीले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई पर्यटन राजधानी बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताउनुभएको छ ।