मित्रराष्ट्र श्रीलङ्का भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा. विमला राई पौडेलले त्यहाँका प्रधानमन्त्री दिनेश गुणवद्र्धनेसँग भेट गर्नुभएको छ । सो अवसरमा परराष्ट्रमन्त्री डा. पौडेलले श्रीलङ्काका प्रधानमन्त्री गुणवद्र्धनेसँगको भेटमा कोलम्बो र भैरहवा सिधा हवाई उडानका लागि आग्रह गर्नुभयो ।
सिरहाको गोलबजार नगरपालिका–१० का रञ्जितकुमार पालले संयुक्त अरब इमिरेट्स (यूएई)मा २३ मिलियन दिरामको चिट्ठा जित्नुभएको छ । कतारमा कार्यरत पालले झन्डै ८२ करोड २७ लाख रुपियाँभन्दा बढीको चिट्ठा जित्नुभएको हो । उहाँले ‘बिग टिकट’ नामक अनलाइनमा चिट्ठा काट्नुभएको थियो ।
त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा भर्ना भए पनि प्रयोगात्मक परीक्षामा अनुपस्थित भएका कारण उत्तीर्ण हुन नसकेका २६ वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षाको अवसर दिएको छ। परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले तीन वर्षे स्नातक तहअन्तर्गत व्यवस्थापन, शिक्षाशास्त्र, मानविकी तथा सामाजिकशास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत भर्ना भएका विद्यार्थीलाई यस्तो मौका दिएको हो। हाल स्नातक तहअन्तर्गत सम्पूर्ण सङ्काय चार वर्षे भइसकेको छ।
सुन्धरास्थित पार्टी मुख्यालयमा केन्द्रीय समिति र संसदीय दलको बैठकमा गठबन्धनसँगको सहकार्य, सत्ता साझेदारी दलभित्र गृहमन्त्रालय र रास्वपाको विषयमा छलफल
परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालले श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा धेरै ठूलो सुधार गर्ने अठोट लिएर आएको बताउनुभएको छ।
मकवानपुरमा रहेर क्रियाशील महिला साहित्यकार र साहित्यसेवीहरुको संस्था आँचल साहित्य कला पुञ्ज, मकवानपुरले गोरखापत्रकर्मी राममणि दाहाललाई सम्मान गरेको छ।
स्वास्थ्य पत्रकारको संस्था स्वास्थ्य पत्रकार मञ्च, नेपालको अध्यक्षमा सरोज ढुंगेल निर्वाचित हुनुभएको छ। ढुंगेल गोरखापत्रकर्मी हुनुहुन्छ।
मधेश प्रदेशको प्रदेश सभाले शनिबार विभिन्न कार्यक्रम आयोजना गरेर आफनो पाँचौ वार्षिकोत्सव मनाएको छ।
लुम्बिनी प्रदेश सभा स्थापना भएको छ वर्ष पुगेको छ। स्थापनाको छ वर्षमा लुम्बिनी प्रदेश सभाले महत्वपूर्ण उपलब्धिको रुपमा प्रदेशको नाम र राजधानी टुंगो लगाएको छ।
लिलाराजझापालीबिर्तामोड, माघ २१ गते। प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको प्राथमिकतामा प्रदेशको नामकरण रहेको बताउनुभएको छ। झापाको बिर्तामोडमा आयोजित प्रेस चौतारीको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको काम र नामको बारेमा जनगुनासो बढेको भन्दै यस्तो बताउनुभएको हो। सम्भव भए सहमतिमा नभए पनि कानुनी विधि र प्रक्रिया पूरा गरेर प्रदेशको नामकरण गरिने कार्कीको भनाइ छ। मुख्यमन्त्री कार्कीले प्रेस चौतारीको २५ औं स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा चौतारीका जिल्ला संस्थापक अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन गर्नुभएको छ। कार्यक्रममा अग्रज पत्रकार नकुलकाजी पाण्डे, गोविन्दचन्द्र छेत्री, माधव विद्रोही, केशव आचार्य र स्वर्गीय माया पकुवाललाई मरणाेपरान्त सम्मान गर्नुभएको छ। कार्यक्रममा प्रदेश सांसद एकराज कार्की, प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, प्रेस युनियानकी केन्द्रीय सचिव रेजिना गौतम, प्रेस सेन्टरका केन्द्रीय सदस्य लीलाराज झापालीलगायतले धारणा राख्नुभएको थियो।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उठाएको मागका सन्दर्भमा आफूले सबै पक्षसँग संवाद गर्ने र समस्याको समाधान हुने बताउनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले एक दम्पतीलाई कर्तव्य ज्यान मुद्दामा प्रक्राउ गरी सार्वजनिक गरेको छ ।
नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा शनिबार बिहान व्यापारीले सडकमा तरकारी फालेर चक्काजाम गरेका छन्।