लामो समयदेखि बेलायतलाई कर्मथलो बनाउँदै आइरहनुभएका र नेपाली साहित्य सिर्जनामा अनवरत् कलम चलाइरहनुभएका नियात्राकार कृष्ण बजगाइँको चौथो नियात्राकृति प्रकाशित भएको छ । नियात्राकृतिको नाम उहाँले जापानी भाषाबाट राख्नुभएको छ– उमिहोतारू ।
काठमाडौं, माघ २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो । भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ ।
तनहुँको व्यास नगरपालिकाद्धारा सञ्चालित गौ संरक्षण केन्द्रले भोजनको व्यवस्था गरेपछि लोपोन्मुख अवस्थामा रहेको गिद्ध बढ्न थालेका छन् ।
नेपाली पत्रकारिताको विकासमा प्रवासको भूमिका महत्त्वपूर्ण छ । नेपालको सामाजिक र राजनीतिक परिवर्तनमा प्रवासबाट सञ्चालित आमसञ्चारका माध्यमले ठूलो भूमिका निर्वाह गरेका दृष्टान्त छन् । विश्वमा नेपालको पहिचानका लागि प्रवासी मिडिया र पत्रकारको भूमिका तारिफयोग्य छ । नेपाली भाषा, साहित्य, संस्कृति, नेपालको पर्यटन प्रवद्र्धन साथै आर्थिक सामाजिक विकासमा प्रवासबाट सञ्चालिन मिडियाले प्रभावकारी भूमिका निर्वाह गरिरहेका छन् ।
नेपालमा कुल ६८ लाख घरपरिवारमध्ये ४१ लाख घरपरिवार कुनै न कुनै रूपमा कृषि कार्यमा संलग्न रहेको पछिल्लो जनगणनाले देखाएको छ । कृषि पेसामा संलग्न जनसङ्ख्या ६०.४ प्रतिशत रहेको र कृषि क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा २३.९ प्रतिशत हिस्सा ओगटेको कृषिप्रधान देश नेपालमा खाद्यान्न माथिको अधिकार अर्थात् खा
सत्ताधारीका आफ्ना निहित स्वार्थ र उद्देश्य हुन्छन् । पार्टीहरूका आफ्ना दार्शनिक धरातल मान्यताअनुसार उद्देश्य र प्रयोजन रहन्छन् । समष्टिमा सबैको उद्देश्य मुलुकको भलो र हित चिताउनु नै रहेको देखिन्छ । तथापि राजनीतिक दल र नेताहरू पार्टीगत स्वार्थ र घोषित–अघोषित घेरामा परेर राष्ट्रको मूल स्वार्थभन्दा दलगत, गुटगत र व्यक्तिगत स्वार्थको चङ्गुलमा फसेका हुन्छन् । यस्तो बेला तिनीहरूलाई सचेत गराउने, लिकबाट बाहिरिन लाग्दा लिकमा हिँडाउने काम राष्ट्रका थिङ्क ट्याङ्कहरूको हो । बेथितिमा जान लाग्दा थितिमा जान प्रेरित गर्ने काम थिङ्क ट्याङ्कले गर्छन् ।
‘नेपालको पानी जनताको लगानी’जस्तो मौलिक आधारलाई आत्मसात् गर्ने हो भने देशमा धेरै प्रकारका जलविद्युत् परियोजना निर्माण सम्पन्न भए । दर्जनौँ परियोजना निर्माणाधीन अवस्थामा छन् ।
नेपाली चलचित्र ‘ह्यारीकी प्यारी’ प्रदर्शनमा आएको छ। साम्राज्ञी शाह, जितु नेपाल, विजय बराल र लक्ष्मी गिरीको प्रमुख भूमिका रहेको चलचित्र कपिल रिजालले निर्देशन गर्नुभएको हो। निर्देशक रिजाल डा. भोला रिजालका छोरा हुनुहुन्छ। पेसाले ‘डेन्टिस’ उहाँको यो डेब्यु निर्देशन हो।
गायक यश कुमारको नयाँ गीत ‘गल्ली’ सार्वजनिक भएको छ। काठमाडौँमा एक कार्यक्रम आयोजना गरी गीत सार्वजनिक गरिएको हो। गीतमा यश कुमारकै आवाज छ भने उहाँलाई मेचु धिमालले साथ दिनुभएको छ।
सन् १९४२, द्वितीय विश्वयुद्ध चर्केको समय । विश्वका कैयौँ देश विनाश र अस्तित्वको सङ्घर्षमा दिनरात लागिपरेका थिए । विभिन्न देश युद्धको मोर्चामा डटेका बेला आन्ध्र महासागरको मध्यमा एउटा सानो काठेडुङ्गा समुद्रको छालमा कहिले यता त कहिले उता पछारिँदै थियो । त्यसमा एक मात्र यात्रु थिए पुन लिम । चिनियाँ नागरिक लिमले एक बेलायती जलसेनाको व्यापारिक पानीजहाजमा आफ्नो यात्रा सुरु गरेका थिए ।
थारू साहित्य तथा इतिहास अभिलेख गर्ने उद्देश्यका साथ बाँकेमा सातौँ थारू राष्ट्रिय साहित्य सम्मेलन शुक्रबारबाट सुरु भएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका–६, सिधनवामा सुरु भएको थारू राष्ट्रिय साहित्य सम्मेलनको उद्घाटन नेपाल सरकारका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले गर्नुभयो। मन्त्री मोदीले साहित्य र संस्कृतिको जगेर्ना र विकासका लागि सरकार गम्भीर रहेको जनाउँदै सबैको कला संस्कृति र साहित्यको संरक्षणमा सरकारको सहयोग रहने बताउनुभयो।
अमेरिकाको गुप्तचर संस्था ‘सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी’ (सीआईए) वर्षौंदेखि केही अनौठा र असामान्य योजना संलग्न रहेको छ तर हृदयाघात गराउने बन्दुक (हर्ट अट्याक गन) निकै चर्चाको विषय रह्यो ।
अछाम जिल्ला अदालतले ५३ वर्षीया सासू कुटपिट घटनामा संलग्न दुई बुहारीलाई तीन महिना कैद फैसला सुनाएको छ। पञ्चदेवल विनायक नगरपालिका–६, तोलीका धर्मा न्यौपाने र देवीसरा न्यौपानेलाई कैद, क्षतिपूर्तिको फैसला सुनाइएको हो। अदालतका स्रेस्तेदार शङ्करप्रसाद खनालका अनुसार पीडित जयसरा न्यौपानेलाई अपमान तथा अमानवीय व्यवहार गरेको भन्दै दुवै बुहारीलाई ५०/५० हजार रुपियाँ क्षतिपूर्तिको फैसलासमेत भएको छ। भदौ ८ गते दुई बुहारीले जयसरालाई कुटपिट गरिरहेको भिडियो पीडितका नातिले फेसबुकमा हालेपछि
नेपालको पहिलो चरा आरक्ष क्षेत्र कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा शुक्रबारदेखि लाटोकोसेरो उत्सव सुरु भएको छ। लाटोकोसेरो तथा हुचिललाई किसानको साथीका रूपमा लिइन्छ। लाटोकोसेरो र हुचिलले मुसा खाएर बालीनाली संरक्षणमा सहयोग पु-याउँछ। हुचिल र लाटोकोसेरोको अवैध व्यापार हुन थालेपछि संरक्षणका लागि केही वर्षदेखि विभिन्न जिल्लामा संरक्षण उत्सव हुँदै आएका छन्।
स्थानीय तहले पर्याप्त बजेट विनियोजन नगर्दा स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण गरिने औषधि र उपचारमा कमी आएको छ। सरकारले स्वास्थ्य संस्थामा औषधि खरिद गर्न स्थानीय तहमा बजेट कम पठाएको जनप्रतिनिधिको गुनासो छ। तीन तहका सरकार मिलेर ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएका छन्। चालू आर्थिक वर्षदेखि तीन तहका सरकारले छुट्टाछुट्टै रूपमा खरिद ऐनमा रहेर औषधि खरिद गर्ने गरेका छन्। सोहीअनुरूप पालिकालाई सङ्घीय सरकारले बजेट पठाउने गरेको छ तर उक्त बजेट न्यून हुँदा आवश्यक औषधि खरिदमा समस्या भएको स्थानीय तहको गुनासो छ।