• १५ वैशाख २०८१, शनिबार

यश कुमारको ‘गल्ली’ सार्वजनिक

blog

काठमाडौँ, माघ २१ गते । गायक यश कुमारको नयाँ गीत ‘गल्ली’ सार्वजनिक भएको छ। काठमाडौँमा एक कार्यक्रम आयोजना गरी गीत सार्वजनिक गरिएको हो। गीतमा यश कुमारकै आवाज छ भने उहाँलाई मेचु धिमालले साथ दिनुभएको छ। 

गीतमा सङ्गीत तथा शब्दरचना गायक स्वयंकै रहेको छ। गीतको भिडियोमा यश कुमार, रेश्मा घिमिरे, उषा बराइली र राजेश घतानी फिचर्ड हुनुहुन्छ।  गीत हरि हुमागाईंले खिच्नुभएको हो भने निर्देशन निकेश खड्काले गर्नुभएको छ।