जापानमा श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका छन् । तीन वर्षमा पहिलोपटक बिरामीको सङ्ख्या महामारीको चेतावनीस्तरमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जिल्लाको तिनाउ–५, चौबिस माइलमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्ग हुँदै पाल्पाबाट बुटवलतर्फ गइरहेको लु २९ प ३२९७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको ल. २ ख ८४३ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
संयुक्त राज्य अमेरिकाले ताइवानका विषयमा हस्तक्षेप नगर्न र ताइवान जलडमरूमा क्षेत्रमा तनाव निम्त्याउने कुनै प्रकारका गतिविधि नगर्न विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार उल्लेख गरेका छन् ।
खगोलविद्हरूले बृहस्पतिमा थप १२ वटा चन्द्रमा पत्ता लगाएका छन् । यो सँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेस स्वतन्त्रता नभए सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने बताउनुभएको छ ।
यो विज्ञान तथा प्रविधिको युग हो। अहिले वैज्ञानिक पृथ्वीबाट अनेक ग्रह तथा उपग्रहरुको अध्ययन तथा अनुसन्धान गरिरहेका छन्। वैज्ञानिक चन्द्रमा तथा मङ्गल ग्रहमा मानव बस्ती बसाउनका लागि अनेक अध्ययन अनुसन्धान गरिहरेका छन्।अन्तरिक्षमा वायुमण्डल र पानीको मात्रा भएको खण्डमा जीवन सम्भव रहेको जनाउदै मानव बस्तीको परिकल्पना गर्दै अनुसन्धानमा वैज्ञानिक लागिपरेका छन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउन जरुरी रहेको बताउनुभएको छ।
सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार बिहान स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
काठमाडौंको मखन तरणीबहाल अगाडि ह्विलचेयरमा बसेर मास्क बेच्दै गरेका एक व्यक्तिलाई मङ्गलबार गाडीमा राखेर लाँदै काठमाडौं महानगर प्रहरी ।
शुक्रबार साँझबाट बन्द भएको कर्णाली राजमार्ग अहिलेसम्म खुल्न सकेको छैन । हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख ३५१८ नम्बरको ट्रकले दैलेखेको सिम भन्ने ठाउँमा ठक्कर दिँदा दैलेख आठबिस नगरपालिका–४ का ५५ वर्षीय तिलक माझिको मृत्यु भएपछि स्थानीयले कर्णाली राजमार्ग बन्द गरेका थिए ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धि र जनताको अधिकार सानो सङ्घर्षबाट प्राप्त नभएको बताउनुभएको छ ।
’नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र खटपट सुरु भइसकेको दाबी गर्नु भएको छ ।