काठमाडौं, माघ २१ गते । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सुरु भएको छ । शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।
बैठकमा राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । साथै केन्द्रीय विभाग बाँडफाँटको टुङ्गो लगाउने पनि बैठकको एजेण्डा रहेको छ ।