• ७ वैशाख २०८१, शुक्रबार

प्रिय माटो ! (कविता)

blog

थाल्न्पथ्र्यो हामीले पहिलो पाठ

‘माटो’को वर्णमालाबाट

लेख्नुपथ्र्यो हामीले पहिलो अक्षर 

‘माटो’को प्रिय शब्दबाट

बुझ्नुपथ्र्यो हामीले पहिलो तत्त्व

‘माटो’ शब्दको अर्थबाट

अनि गर्नुपथ्र्यो जीवनभर कर्म

‘आफ्नै माटो’को स्पर्शबाट

तर हामीले भुलिरहेका छौँ–

माटोको वर्णमाला र ‘माटो’ भन्ने प्रिय शब्द

‘माटो’को अर्थ र ‘माटो’को न्यानो स्पर्श !

यसरी

बिरानो बनाउँदै आफ्नै अस्तित्वको माटो

रोज्दै छौँ कताकताको विषालु बाटो !