शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
पेरिस, माघ २१ गते । जनवरी २४ मा क्यालेस बन्दरगाहमा नियमित सवारी गस्तीका क्रममा फ्रान्सेली भन्सार अधिकारीहरूले पोल्याण्डका चालकको गाडीमा ३५० किलोग्राम लागूऔषध बरामद गरेको फ्रान्सेली दैनिक ले फिगारोले शुक्रबार प्रहरी स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
बन्दरगाह अधिकारीहरूका अनुसार सन्दिग्ध व्यक्तिबाट कम्तीमा १७२ किलोग्राम एमडीएमए एकस्टेसी, १४५ किलोग्राम गाँजाको राल, ३१ किलोग्राम कोकेन र दुई किलोग्राम हेरोइन बरामद गरिएको छ ।
बरामद लागूपदार्थको अनुमानित कुल मूल्य ४ मिलियन युरो (४.४ मिलियन अमेरिकी डलर) रहेको छ । रासस/सिन्ह्वा