• २९ मंसिर २०८१, शनिबार

लत (कथा)

blog

झुत्रो कपडा लगाएर सन्दीप मेरै टोलमा घुमिरहेको थियो । ऊ आफ्नै तालमा मनका उल्झ्नसँग छटपटिएको जस्तो देखिन्थ्यो । बेला बेला उसका ओठ चलायमान देखिन्थे । उसले औँला चलाउँथ्यो । दाहिने हात टाउको भन्दा माथि पु-याउँथ्यो, कसैलाई बोलाउँदै छ जस्तो पारामा ।

मैले, उसलाई अलि परै देखिसकेको थिएँ । ऊ सोचमग्न भएर मतिर आउँदै थियो । म उभिएर उसलाई नियालिरहेको थिएँ । उसलाई ठूलो आपत्ति भएजस्तो मैले लख काटेँ । ऊ मलाई धक्का देलाझैँ गरी आइपुग्यो । तैपनि उसले मलाई देखेन । ऊ मलाई उछिनेर जाँदै थियो । यहीबेला मैले उसको हात च्याप्प समाउँदै भने, “सन्दीप, तिमी कता ? केको हतार हो ? आँखै नदेख्ने भएछौ तिमी त ?” झल्याँस्स सपनाबाट बिउँझिएझैँ गरी उसले भन्यो, “ए तिमी ! म आज अलि तनावमा छु यार । कोठा खोज्नुछ । घरबेटीले तीन दिनभित्र कोठा सर भनेका छन् । कोठा खोज्दै छु ।”

मैले भनेँ, “ए ! उसो भए, तिमी कोठा खोज्दै छौ ? काठमाडौँमा कहाँ घुमेर कोठा पाइन्छ ? साथी–भाइहरूलाई बुझ्न लगाऊ न । आफैँ सोध्दै हिँडेर साध्य छैन । अस्ति भर्खर घरबेटी असल छन्, भन्दैथ्यौ त, फेरि आज के भयो ?” ऊ एउटा चिया पसलमा पस्यो । उसले आफ्ना नमिलेका दाह्री मुसार्दै, लामो सास फे¥यो । मलाई बेन्चमा बस्न इशारा गर्दै आपूm पनि बस्यो । निधार खुम्चायो र दुई कप चिया मगायो । चिया आइनपुगुञ्जेल टेबल बजाउन थाल्यो – टक टक टक टक... ।

टेबुलको चिया समाउँदै उसले मतिर हे¥यो र आतङ्कित मनले बोल्यो, “हेर ! हिजो धेरै बियर पिएछु । बेलुका १० बजे कोठामा आइपुगेछु । जे पायो त्यही बोलेछु । धेरैबेर उनीहरूलाई तनावमा पारेछु । के गर्ने मेरो शरीरमा भूतको बास छ । आजभोलि म विचलित भएको छु । म राक्षस भई सकेछु । मैले घरबेटी अन्टीलाई एउटा जाबो घर छ भनेर नगम्क, तिम्रो घरको मूल्य भन, म बिहानै पैसा बुझाइदिन्छु भनेछु । अनि त बिहानै उनीहरूले मलाई मेरो घर छोड भने ।”

म उसको कु्राले अचम्ममा परिनँ । ऊ यस्तै मान्छे थियो । मैले बेलाबेलामा उसँग भन्थेँ, “तिमी आपूmलाई बुद्धत्व प्राप्त गरेको भन्छौ । तर तिम्रो आचरण ठीक छैन । पहेँलो बर्को बेरेर कोही पवित्र हुँदैन । तिमी मन, वचन र कर्मले नै मानव हुन सकेका छैनौ । तिमी ढोंगी र बनावटी मान्छे हौ । तिमीजस्ता पाखण्डीबाट समाजले केही पाउँदैन । यो समाज केही नबुझेका मानिसभन्दा तिमीहरू जस्ता संसारै बुझेको स्वाङ पार्नेसँग खतरामा परिरहेको छ ।”

सायद मसँग भएका विवाद सम्झेर होला, सन्दीपले पश्चाताप गर्दै भन्यो, “ठीक भन्यौ ? मेरो यही बानीले पिएचडी गरेकी श्रीमतीले छोडी । एउटी छोरी छ मेरी, त्यही छोरी सम्झेर रुन मन लाग्छ । म एउटा फगत जोगी, न ज्ञान न धर्मको, विरक्त लागेर आउँछ ।” उसले आँखाभरि आँसु बनायो । बोल्दै गर्दा उसको बोली अवरुद्ध भयो । थुक घुटुक्क निल्यो । निधारमा हात लगायो । चुरोट मगायो । चुरोटको सर्को तान्न थाल्यो । उदास मनस्थितिमा उसको वरिपरि विगत र वर्तमान घुमिरह्यो । ऊ मौन बस्यो एकछिन ।

मैले उसलाई धेरै पटक, उसको मिथ्या छद्मभेषी चरित्रमा प्रहार गरिसकेको थिएँ । ऊ मसँग जोरी खोज्ने कुरा गथ्र्यो जहिले पनि । ऊ मजस्ता मान्छे नेपालमा तीन जना मात्र छन् भन्ने गथ्र्यो । तिमीहरू साधारण मान्छेहरू हामीजस्तालाई बुझ्न सक्तैनौँ पनि भन्थ्यो । मसँग उच्च शक्ति छ र मेरो जीवनमा चमत्कारै चमत्कार छ भन्ने गथ्र्यो । जुन दिन मेरो प्रचारप्रसार पैmलिन्छ, त्यो दिन यो संसारले चिन्नेछ । म साइबाबाभन्दा माथि छु भनेका थियो मसँग । हो, उसले भेटघाटमा यस्तै आफू विशेष व्यक्ति भएको भाव प्रकट गरिरहन्थ्यो । उसका कुरा शृङ्खलाबद्ध थिएनन् । यस्तै अपत्यारिला कुराबाट उसलाई मैले अनौठो पात्र सम्झन्थेँ । ऊ रिसाउँदा पनि म आफैँ फोन गर्थे । उसँग बेलाबेला भेट हुन्थ्यो । उसले आफूलाई धेरै बाठो र धूर्त सम्झन्थ्यो । सायद मेरो सरलपनलाई उसले लाटो मान्छे सम्झन्थ्यो ।

झरी प-यो भनेर इन्द्रेणी रुँदैन । रात प-यो भनेर सूर्य मर्दैन । समयले पनि मानिसको परीक्षा लिन्छ भन्छन्, सायद यो तिम्रो परीक्षाको घडी पनि हुन सक्छ, धैर्य, अनुशासन र साहसबाट नै तिमीले जीवनको गोरेटो पहिल्याउन सक्छौँ । 

एकदिन मैले उसलाई भनेको थिएँ, “तिमी ढोंगी मान्छे हौ । तिमीमा लोभ, मोह, काम, क्रोध धेरै छ । तिमी अशान्त र विलासी मान्छे हौ ।” उसले प्रतिवाद गर्दै भन्ने गथ्र्यो, “अल्पज्ञहरू ! मेरो सङ्गत गर । महसुस गर्नेछौ । मेरो ईश्वरीय स्वरूपको मेरो महानताको ।” त्यो दिन भने उसले अहङ्कारको कुनै कुरा गरेको थिएन । मैले विचार गरेँ, ऊ निर्दोष बालकझैँ आफ्ना अतीतसँग साक्षात्कार हुँदैछ । तन्त्रविज्ञानमा विश्वास गर्ने मान्छे ऊ । उसले धेरै कुरा तन्त्रमन्त्र विज्ञानबाट बिरामीहरूको उपचार पनि गरिसकेको बताउने गरेको थियो ।

मैले सोचेँ उसलाई केही होइन भन्न पनि नमिल्ने, केही हो भन्दा पनि, ऊ शून्यजस्तो लाग्ने मान्छे । म एकछिन सन्दीपको अत्तालिएको अनुहार हेरेर टोलाएँ । त्यतिबेलासम्म सन्दीपले चिया, चुरोट सिध्याइसकेको थियो । ऊ एकछिन मौन रहेर होटेलको टेबुलमा बसेका बाक्लै झिँगामा आफ्नै ध्यान केन्द्रित ग¥यो । उसले टाउको कन्यायो । आफ्ना दारीमा हात पु¥यायो । अनि विरसिलो आवाजमा बोल्न थाल्यो, “हेर अब म घरबेटीको घरमा बस्नु हुँदैन । धेरैचोटि भरबेटीसँग लफडा परिसक्यो । के कुरा गर्ने, उनले मलाई एक पटक माछासमेत भन्न पछि परेनन् । मान्छे कहिले माछा हुन्छ त ? तिमी आफैँ विचार गर त ?” उसको कुरा बुझ्न आतुर हुँदै सोधेँ, “तिमीलाई त्यसो किन भनेछन् ? तिमी र माछामा त धेरै फरक छ । मान्छे भनेको माछा पो सुन्यौ कि ?”

सन्दीपले यकिन साथ भन्यो –“म बैहिरो छु र ? हेर ! मैले एकदिन बाथरुममा धेरै कपडा धोएँ, नुहाएँ पनि, दुई–तीनघण्टा बाथरुममै थिएँ । त्यो दिन मैले धेरै पानी सक्यो भनेर गनगन गर्दै भनेको नि ।” उसले आफ्नो गुनासो पोख्न छोडेन, “बिहानदेखि बेलुकासम्म पानीमै खेल्नु पर्ने, माछैको जुनी लिनुपर्ने हो यस्तो मान्छेले त । माछा र मान्छे पनि चिन्दैनन् तिनले, अन्धा घरबेटी । म फोकटमा बसेको हो र ?”

मैले उसको गुनासो सुनिरहेँ । अब उसले आफ्नो गन्थन बन्द गरे पनि हुन्थ्यो लागेको थियो । उसले बुझेझैँ अलि शान्त हुँदै भन्यो, “अब यो कुरा बन्द गरौँ । अरू कुरा गरौँ । मेरो समस्या प-यो भन्दैमा, तिमीलाई कति कचकच सुनाउने ? भाडामा बस्ने मान्छेको पनि आफ्नो गाउँमा घर हुन्छ । धन सम्पत्ति हुन्छ । इज्जत हुन्छ । यिनीहरू बुझ्दैनन् । जति कुरा गरे पनि थोरै नै हुन्छ यिनको ।”

यति कुरा गरेपछि उसले नाडीको घडी हे-यो । उसले खल्तीबाट रुमाल निकाल्यो । घाँटीको पसिना पुछ्यो । फेरि अर्को चुरोट सल्कायो । खल्तीबाट एउटा कागजको टुक्रा निकाल्यो । डटपेनले केही हिसाब गर्न थाल्यो । मैले सोधेँ, “यो के हिसाब गर्दैछौ त ?” सन्दीपले जवाफ दियो, “के गर्ने कोठा छोड्दा कति पैसा बुझाउनु पर्ने हो ? हिसाब निकाल्दैछु ।” मैले सोधेँ, “भाडा बुझाएका छैनौ ?” “पैसा भए पो बुझाउने । अघिल्लो महिना बुझाउने पैसा रक्सी खाएर सकेँ । एक रात फुपूको होटेलमा थुनिनु प¥यो ।” मैले उसको कुराको छेउ टुप्पो केही बुझिनँ । उसलाई प्रस्ट पार्न लगाउने हेतुले सोधेँ, “किन थुनिनु प-यो ? रातभरि फुपूको होटेलमा तिम्रा समस्या पनि कस्ता कस्ता यार ?”उसले एक टकले टाढा हेरे झैँ ग¥यो । दाहिने हातले आफ्नो टुप्पी मुसा-यो । लाज पचाएको उदास हाँसो फिस्स हास्यो । दुई पटक खोकेर, आफ्नो यो घटनाको विस्तार गर्न थाल्यो, “हेर ! म खास रक्सीले गर्दा बिग्रिएको मान्छे । रक्सीकै कारणले अप्ठेरोमा पर्दै आएको छु । यो कुरा चाहिँ के भने मेरी आफ्नी फुपूको होटेल भक्तपुरमा छ । म त्यहाँ गइरहन्थेँ । फुपूले मलाई माया गर्नुहुन्थ्यो । त्यो दिन पनि सधैँझैँ गएँ । म सोह्रखुट्टेमा दिउँसै रक्सी खाएर गएको थिएँ । भाडा बुझाउने पैसा रक्सीले खायो, रक्सी मैले खाएँ । त्यही रक्सीले मेरो सिङ्गै जीवन खाँदैछ ।”

म बिचमै बोलेँ, “त्यसपछि के भयो ?” सन्दीपले निर्धक्क भएर भन्यो, “के हुनु नि ! त्यहाँ काम गर्ने एउटी तरुनी केटी थिई । बेलुका खाना खानुभन्दा पहिले म तिमीलाई बिहे गर्छु भन्दै गएछु । फुपूले देख्नु भयो । लठ्ठीले खुट्टै खुट्टामा बेस्सरी पिट्नु भयो र एउटा बत्ती नभएको अँध्यारो कोठामा हुलेर थुनिदिनु भयो ।” मैले हाँसो थाम्नै नसकेन खित्का छोडँे । ऊ मसँग सतही हाँसो हाँस्यो । अनायासै ऊ टेबुलमा घोप्टो प¥यो । ऊ १० मिनेटजति घोप्टो मात्र परिरह्यो । जब उसले टाउको उठायो । उसका आँखाहरू राता देखिए । आँसु बगेर उसका दाह्री भिजिसकेका थिए । तैपनि स्वर कमाउँदै बोल्यो, “हेर साथी ! मलाई रक्सीले चौपट पा-यो । मैले कुबेर, रोसनी, गौरवजस्ता असल साथीहरू गुमाएँ । गुमाएँ आफ्ना बा–आमा र श्रीमती पनि । म हरेक कोणबाट पतन भई सकेँ । तिमीले भने झैँ असामाजिक, अव्यावहारिक र अपरिपक्व मान्छे म । मलाई अब ईश्वरले पनि माफ गर्दैन होला । सायद म विवेकहीन भइसकेँ । म अब जान्छु सायद अब कोठा सार्नै नपर्ने गरी, म बाँचेर काम छैन ।” ऊ जुरुक्क उठ्यो ।

उसको यस्तो कुराबाट म सशङ्कित भएँ । उसको हात समाउँदै भनेँ, “तिमी यस्तो कुरा नगर । मरेर समस्या समाधान हुँदैन । तिमीले पहाडको खोलाबाट पल्टदै अनि टक्कराउँदै अगाडि बढ्ने दर्शन ढुङ्गाबाट सिक्नुपर्छ । जिन्दगीलाई कठिन परिस्थितिमा पनि डो-याउनु पर्छ । विपत्मा टिकेर अगाडि बढ्नु त जीवन हो । झरी प-यो भनेर इन्द्रेणी रुँदैन । रात प-यो भनेर सूर्य मर्दैन । समयले पनि मानिसको परीक्षा लिन्छ भन्छन्, सायद यो तिम्रो परीक्षाको घडी पनि हुन सक्छ, धैर्य, अनुशासन र साहसबाट नै तिमीले जीवनको गोरेटो पहिल्याउन सक्छौँ ।”

ऊ होटेलबाट जुरुक्क उठ्यो र भन्यो, “ल म गएँ । तिमीले चियाको पैसा तिर्नू, सल्लाहका लागि धन्यवाद ।” म उसलाई सम्झेर केहीबेर टोलाइरहेँ कोठा सार्ने चटारोमा, ऊ किन यति धेरै दुःखी भयो भनेर ? आखिरमा मेरो मनमा एउटा कुरा आइरह्यो सायद रक्सीले गर्दा नै ऊ विचलित भएको हुनुपर्छ ।