नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको (दर्ता प्रमाणपत्र) लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण भएका छन्।
नेपाल परिवार नियोजन सङ्घ बाँकेको प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालय बाँकेले सन्तानको रहर पुगेका दम्पतीका लागि सञ्चालन गरेको स्थायी बन्ध्याकरण घुम्ती शिविरमा २७ जनाले स्थायी बन्ध्याकरण गराएका छन् ।
मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या सात सय ७५ पुगेको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार जिल्लामा साउन १ गतेदेखि मङ्सिर १७ गतेसम्म पुरुष तीन सय ९५ र महिला तीन सय ८० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका–१३ सल्यान बस्ने हरि सिंह नेपालीले घरायसी विवादका क्रममा कुटपिट गर्दा ५० वर्षीया श्रीमती सितली शाहीको मृत्यु भएको हो ।
साहस र आँट हुने हो भने अपाङ्गता भएकाहरूले पनि राम्रो काम गर्न सक्छन् । तर अपाङ्गता भएका व्यक्तिहरूले सीपमूलक तालिम पाएर पनि अवसर नपाएको गुनासो गरेका छन् ।
आइतबार पाँच जिल्लामा तीन पुरुष र दुई महिला मृत अवस्थामा फेला परेका छन् । आज प्रहरीले भक्तपुर, ललितपुर, दाङ, कञ्चनपुर र झापाका विभिन्न स्थान महिला पुरुषको शव फेला परेको हो ।
नेपाल बुद्धिचाल महासङ्घको तत्त्वावधानमा हेटौँडामा भएको एसियन खुल्ला रेटिङ्ग हेटौँडा कप बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका २३९३ रेटेड शीर्ष खेलाडी सुभयान कुण्डुले हात पार्नुभएको छ ।
प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गर्नुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जात, भूगोल, भेगका नाममा नेपालीलाई फुटाउने प्रयास भइरहेको बताउनुभएको छ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले समृद्धिको यात्राले जनतामा थप उत्साह पैदा भएको बताउनुभएको छ ।
यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । नेप्से परिसूचक सात दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ५१ दशमलव २३ को बिन्दुमा सीमित भएको छ ।
३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएको विद्यार्थीहरूलाई स्टेस्नरी सहयोग गरिएको छ । अपाङ्गता भएका विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको हो ।
फिलिपिन्सको दक्षिणी प्रान्त लानाओ डेल सुरमा रहेको मिन्डानाओ स्टेट विश्वविद्यालयको एउटा जिमभित्र आइतबार बिहान विस्फोट हुँदा कम्तीमा चारको मृत्यु र अन्य ५० जना घाइते भएको स्थानीय सेना र प्रहरीले बताएका छन् ।
सर्लाही सदरमुकाम मलङ्गवामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएको छ । मलङ्गवास्थित जिल्ला समन्वय समिति (तत्कालीन जिविस) को भवनमा यातायात व्यवस्था कार्यालय स्थापना गरिएको हो ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत महामहिम चेन सङले भेटवार्ता गर्नुभएको छ ।