भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अपाङ्गतामैत्री अहिलेसम्म बन्न नसकेका नीति, नियम र कानुन बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । आइतबार ३२ औँ अपाङ्गता भएका व्यक्तिहरूको दिवस विशेष कार्यक्रममा सम्बोधन गर्नुहुँदै मन्त्री ज्वालाले यस्तो बताउनुभएको हो ।
गौमुखी गाउँपालिका–३ रजबाराका नरेन्द्र मल्लले व्यावसायिक रूपमा किवी खेती गर्दै आउनुभएको छ । विगत तीन वर्षदेखि उहाँले बर्सेनि किवी उत्पादन गरी विक्री गरेर वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्दैआएको छ ।
नेपाल हाप्किन्डो एसोसिएसन बाँकेले जिल्लाका १४ वटा खेलाडीको ग्रेडिङ गर्दै १२ जनालाई एलो र दुई जनालाई ओरेन्ज बेल्ट प्रदान गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकारका मन्त्रीहरूलाई जिम्मेवारी बाँडफाँट गर्नुभएको छ । मन्त्रिपरिषद् गठन भएको ५० दिनपछि मुख्यमन्त्री कार्कीले मन्त्रीहरूलाई विभागीय जिम्मेवारी तोक्नुभएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्प प्रभावित क्षेत्रका सञ्चार माध्यमलाई निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने बताउनुभएको छ ।
सन् २०२४ को युरो कप फुटबलमा उपाधि बलियो टोली स्पेन र साबिक विजेता इटाली एउटै समूहमा परेको छ । जर्मनीमा शनिबार राति गरिएको युरो कप ड्रमा यी दुई टोली एउटै समूहमा परेका हुन् ।
अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोडेपानी–पुनहिलमा पछिल्लो साढे चार महिनामा करिब १२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् ।
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-५ को कवाडीमा दश शय्याको अस्पताल निर्माण भएको छ । जटिल खालको रोगका लागि एक दिन हिँडेर कोल्टीमा उपचार गराउने समस्या भोग्दै आएका यहाँका स्थानीयले अबदेखि गाउँमै त्यो सेवा पाउने भएपछि उनीहरूको मुहारमा खुसी छाएको हो
नक्सा पास नगरी बनाइएको भौतिक संरचनालाई धनगढी उपमहानगरपालिकाले भत्काएको छ । धनगढीको पार्कमोड क्षेत्रमा प्रदीपकुमार अग्रवाल र दुष्यन्त बस्नेतको नाममा रहेको जग्गामा बनेको संरचनालाई धनगढी उपमहानगरपालिकाले भत्काएको हो ।
इङ्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनलले आफ्नो अग्रता बलियो बनाउँदै लगेको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले वल्भ्सलाई २–१ गोलले हरायो ।
धार्मिक तथा पर्यटकीय रेसुङ्गा क्षेत्रमा फोहोरमैलाको उचित व्यवस्थापन हुन नसक्दा वातावरण प्रदूषित भएको छ ।
श्रीलङ्कामा दैनिक ९३८ मेट्रिकटन प्लाष्टिकजन्य फोहोर उत्पादन हुने गरेको छ । तीमध्ये ४ प्रतिशत मात्रै पुनः प्रयोगमा ल्याउँन मिल्ने खालको हुने गरेको पाइएको संसद्को सञ्चार विभागले शनिबार संसदीय समितिलाई उद्धृत गर्दै जनाएको छ ।
धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासकी आसमान राई ७० वर्ष पुगेपछि बल्ल नागरिकता बनाउन लाग्नुभएको छ । नागरिकता बिना सामाजिक सुरक्षा भत्ता नपाइने भएपछि मात्रै उहाँलाई नागरिकताको आवश्यकता महसुस भएको हो । घर नजिकै नागरिकता शिविर सञ्चालन भएपछि नागरिकता बनाउन उहाँलाई सजिलो पनि भयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कमनवेल्थका विदेश राज्यमन्त्री एन्ड्रयू मिचेलले शिष्टाचार भेट गर्नुभएको छ ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सार्वजनिक निकायका संरचना तथा अन्य कार्यस्थल अपाङ्गमैत्री बनाउनु पर्ने बताउनुभएको छ ।