विश्वका एक सयभन्दा बढी देश र क्षेत्रका सञ्चार माध्यम, विचार समूह र अन्तर्राष्ट्रिय संस्थालगायत करिब २०० संस्थाका ४५० भन्दा बढी प्रतिनिधि उपस्थित चीनको ग्वाङ्झोउमा विश्व सञ्चार शिखर सम्मेलन शुरू भएको छ ।
धनकुटाको पाख्रिबास नगरपालिका–६ का वडाअध्यक्ष देबेन्द्र गुरागाईको घरमा अज्ञात पक्षले शनिबार राती आगजनी गरेको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई)को दुबइमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ स्वदेश फर्किनुभएको छ।
रुकुमपश्चिममा पहिचान नखुलेको एक शवको दाहसंस्कार गरिएको छ । मङ्सिर १० गते जिल्लाको सानीभेरी गाउँपालिका–३ मुलपानीस्थित सानीभेरी नदीको किनारमा भेटिएको शव आज आइतबार दाहसंस्कार गरिएको हो ।
संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ स्वदेश फर्किनु भएको छ। मङ्सिर १३ गते राति ९ बजे युएई जानुभएका प्रधानमन्त्री प्रचण्ड पाँच दिने भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किनु भएको हो।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले गणतन्त्र र संघीयता ल्याउन मिडियाको भूमिका खेलेकाले अब सो व्यवस्था बलियो बनाउन पनि भूमिका खेल्नुपर्ने आग्रह गर्नुभएको छ ।
टीकापुर नगरपालिका –१ का भूमिहीन सुकुम्वासीले छिटो निस्सा पाउनुपर्ने माग गर्दै आइतबार प्रदर्शन गरेका छन् । प्रदर्शनपछि उनीहरुले नगरपालिकामा सात बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
फिदम माविको खेल मैदामा भएको प्रतिस्पर्धात्मक खेलमा झापाले इलामलाई १–० गोलले हरायो । झापाको जितमा श्याम मुर्मुले २१औँ मिनेटमा गोल गर्नुभयो । मुुर्मु म्यान अफ दि म्याच बन्दै पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
प्रेस काउन्सिल नेपालले दर्ता, सूचीकरण नभइ अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने १८ युट्युव च्यानललाई कारबाहीका लागि सिफारिश गरेको जनाएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले गणतन्त्रमाथि राजावादी र अवसरवादीबाट आक्रमण भइरहेको बताउनुभएको छ । नेपाली काँग्रेस कास्की क्षेत्र नं २ क को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सो बताउनुभएको हो ।
अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड प्रतियोगिता द ग्रेट कर्णाली क्वेस्ट २०२४ मार्च ८ देखि १३ तारिख सम्म नेपालमा हुने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मङ्सिर महिनाभित्र भूकम्प प्रभावितका लागि अस्थायी टहरा बनाइसक्न आग्रह गर्नुभएको छ । जाजरकोटको नलगाड नगरपालिकामा आइतबार जनप्रतिनिधि र कर्मचारीसङ्ग छलफल गर्दै मन्त्री शर्माले सो आग्रह गर्नुभएको हो ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई विकासको बाटोमा अघि बढाउन एमालेको एकल बहुमतको सरकार आवश्यक भएको बताउनुभएको छ । पार्टीको मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत दैलेखको राकममा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपालमा पहिलो पटक विदेशी खेलाडी सम्मिलित स्ट्याग ग्लोबल टेबल टेनिस लिग च्याम्पियनसिप हुँदैछ । मङ्सिर १९ देखि २३ गतेसम्म सञ्चालन हुने लिगमा प्रतियोगितामा नौ टोलीको सहभागिता रहनेछ ।
मुलुकभर होटल सञ्जाल विस्तार गरिरहेको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले तनहुँ सदरमुकाम दमौलीमा पहिलो पटक दुई तारे होटल सञ्चालनमा ल्याउनेभएको छ ।