आज सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार पछिल्ला वर्षमा वित्तीय पहुँच बढ्दै गएको देखिएको छ। मर्जर तथा प्राप्तिका कारण बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गए पनि बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तार भएको कारण वित्तीय पहुँच वृद्धि हुँदै गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले सुदूरपश्चिममा युवालाई पासपोर्टको ठाउँमा रोजगारी दिने वातावरण सिर्जना गर्ने बताउनुभएको छ । आइतबार धनगढीमा राष्ट्रिय युवा परिषद्को सहकार्य तथा प्रदेश युवा परिषद्ले समन्वयमा युवालय संस्थाले आयोजना गरेको दुई दिने प्रादेशिक नीति संवाद तथा युवा महोत्सव कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए)ले ज्ञापनपत्र बुझाएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ४१ दशमलव ७४ मा सीमित भएको छ।
कर्णाली प्रदेश सभामा रहेका सबै विषयगत समितिहरूको सभापति चयन गरिएको छ । आइतबार भएको समितिका सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध चयन भएका हुन् ।
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मानवलाई सेवा गर्नु नै सबैभन्दा ठूलो सेवा र धर्म भएको बताउनुभएको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले अबको हाम्रो यात्रा प्रादेशिक संरचनाहरूको सुदृढीकरणमार्फत सुशासनतर्फ केन्द्रित हुन आवश्यक भएको बताउनुभएको हो ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव समावेशिताको सुनिश्चितता गणतन्त्रको उपलब्धि मान्नुहुन्छ।आवश्यकता अनुसार गणतन्त्रलाई सुधार गर्दै लान सकिने भन्दै उहाँ गणतन्त्र घोषणा आफ्नो निम्ति सुखद् पक्ष रहेको सुनाउनुहुन्छ।
नेकपा (एमाले) ले कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्नुभएका हरि बुढामगरलाई सम्मानित गरेको छ । एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मानित गरेको हो ।
झापाकी उदीयमान छन्द कवि मोक्ष खतिवडाको दोस्रो कृति भावविम्ब कविता सङ्ग्रह लोकार्पण भएको छ ।
सम्माननीय प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आइतबार लगानी बोर्डको ५४औं बैठक सम्पन्न भएको छ ।
खोटाङमा लम्पीस्किन रोगको महामारी नियन्त्रण बाहिर गएको छ । जिल्लाका १० वटै पालिकामा देखापरेको लम्पीस्किन रोगले हालसम्म ६० बढी गाईगोरुको मृत्यु भएको हो ।
गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त हुनुभएको छ ।
अभिनेत्री बिपना थापाले ‘युग नायिका’ को उपाधि पाउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित ‘स्पर्श म्युजिक भिडियो अवार्ड’ मा उहाँलाई यो उपाधि दिइएको हो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका –९ रजैयास्थित सडकखण्डमा बसमा सवार एक व्यक्तिले झ्यालबाट हात बाहिर निकालेको अवस्थामा मिनी ट्रकले हात चुँडाएपछि मृत्युभएको छ । उहाँको २४ घण्टापछि आइतबार पहिचान खुलेको छ ।