गणतन्त्र दिवसको अवसर पारेर नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट रेशम चौधरीसहित १९ जना कैदीको बाँकी कैद मिनाहा भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ ।
महागुरु पण्डित बज्राचार्य स्व. बद्रीरत्न गुरुजुले स्थापना गर्नुभएको बज्राचार्य अध्ययन मण्डलले नेवारी परम्पराअनुसार ४४ औँ स्थापना दिवस मनाएको छ ।
जेठ १७ देखि चार दिने भारत भ्रमणको तयारीमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विज्ञहरूले भ्रमणमा जाँदा भ्रमणको मेन्यु लिएर नजान सुझाव दिएका छन् ।
एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ ।
कैलालीका स्थानीय तह बजेट निर्माणमा जुटेका छन् । आगामी आर्थिक वर्ष २०८०–८१ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट असारमा सार्वजनिक गर्नेगरी स्थानीय तहहरू बजेट बनाउने काममा जुटेका हुन ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले सुदूरपश्चिममा युवालाई पासपोर्टको ठाउँमा रोजगारी दिने वातावरण सिर्जना गर्ने बताउनुभएको छ ।
नेपाल अडिटर्स एसोसिएसन (अडान) केन्द्रीय कार्यसमितिको तेस्रो पूर्ण बैठक २१ बुँदे प्रस्ताव जारी गर्दै सकिएको छ ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले मानव स्वास्थ्य सेवामा जस्तै पशु स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्न प्रतिबद्ध रहेको बताउनुभएको छ।
नेपालगञ्ज उप-महानगरपालिकाले समयमै पहिचान गरी उपचार सेवा प्रभावकारी बनाउने उद्देश्यले टोलस्तरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ५ को जमुनहा गाउँमा आगलागी भएको छ । आइतबार दिउँसो १२ बजे भएको आगलागीमा ११ घरसहित एक गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताउनुभएको छ।
नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले यसलाई उद्योगको रूपमा बलियो बनाउने विश्वास पनि बढ्दै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयलाई आविष्कार र अनुसन्धानको केन्द्रको रूपमा विकास गर्न जरुरी रहेको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हिमाली क्षेत्रमा देखिएको टेलिकमको नेटवर्कको समस्या समाधानमा चासो व्यक्त गर्नुभएको छ।