नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला रु. एक लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको मूल्य आज रु आठ सयले बढेर प्रतितोला रु एक लाख २१ हजार छ सय पुगेको हो । नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो ।
कृषि तथा वन क्षेत्रको शिक्षा अध्ययन र पढ्दै कमाउँदै मोडेलमा सञ्चालन हुन लागेको ‘प्राकृतिक स्रोत व्यवस्थापन कलेज’ वर्षाैसम्म अलपत्र परेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमाससँगको युद्धविराममा वार्ता सकिएपछि पनि बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक भएको बताउनुभएको छ ।
इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु र १२ जनाभन्दा बढी बेपत्ता भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अल जजिराले सोमबार बताएको छ । अधिकारीहरूका अनुसार पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी विस्फोट हुँदा उक्त क्षेत्रमा करिब ७५ जना थिए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि सिर्दीबास डिपोका लागि चामल ढुवानी गर्न थालेको कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी दिनुभयो ।
पाल्पाको रामपुर नगरपालिका–८, पिल्टारमा भेटिएको राज गोमन (किङ कोब्रा) सर्पको उद्धार गरिएको छ । वसन्त कुमालले आफ्नै घरमा सञ्चालन गर्नु भएको किराना पसल तथा रेस्टुरेन्ट भित्र भेटिएको किङ कोब्रालाई उद्धार गरी सुरक्षित स्थानमा छाडिएको छ ।
हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार युद्धग्रस्त गाजापट्टीका विभिन्न क्षेत्रमा नयाँ हवाई आक्रमण गर्दा दर्जनौँको मृत्यु भएको बताएको छ । साथै सयौँ मानिसहरू घाइते भएको बताएको छ । इजरायली हवाई हमलाले उत्तरी पट्टीको जबलिया क्याम्पमा रहेको एक आवासीय भवनलाई निशाना बनाइ आक्रमण गरेको थियो ।
राष्ट्रिय सभा सदस्य विना पोखरेल कतिपय राजनीतिक नेतृत्वको केन्द्रीकृत मानसिकताले सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनका लागि तत्कालै आवश्यक पर्ने कानुन निर्माणमा अवरोध सिर्जना गरिरहेको तर्क गर्नुहुन्छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न सम्मेलनले तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन पार्टीको केन्द्रसँग आग्रह गरेको छ ।
मानव इतिहासमा पहिलो विश्व युद्धझै दोस्रो विश्वयुद्ध पनि उत्तिकै कलङ्कका रूपमा रहेको छ । दोस्रो विश्वयुद्धले सारा विश्वलाई तहसनहस पारेको थियो । युद्धका कारण ठूलो जनधनको क्षति भयो । युद्धले करोडौँ निहत्था मानिसको ज्यान लिएको थियो । लाखौँ मानिस अपाङ्ग, घाइते र घरबारविहीन बनेका थिए, लाखौँ बालबालिका टुहुरा भए ।
सोमबार बिहानैबाट हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । रातभर मौसम सफा रहेको भए पनि बिहानैबाट मौसम बिग्रिँदा हिमपात भई रहेको हो ।
स्वास्थ्य नै धन हो ।’, यो कथन जति सरल छ त्यति नै मार्मिक र अर्थपूर्ण पनि छ । ‘भौतिक धन’ जीवनभोगका लागि हो भने ‘स्वास्थ्य–धन’ स्वस्थ र सुखी जीवनयापनका लागि हो । ‘भौतिक धन’ र ‘स्वास्थ्य–धन’ बीच एक हदसम्म नाता रहे पनि स्वास्थ्य–धनको उचाइ भौतिक धनले प्राप्त गर्न सक्दैन । कोही दीर्घरोगी बनेर थलिनुपर्ने अवस्था आयो भने भौतिक धनले मात्र धेरै सुख दिँदैन । शरीर स्वस्थ रहे ‘भौतिक धन’ आर्जन गर्न सकिन्छ तर ‘भौतिक धन’ बाट ‘स्वास्थ्य–धन’ आर्जन हुन्छ भनेर किटान गर्न
पाल्पामा गए राति ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिव्दीकोट–१, ख्याहा बस्ने २४ वर्षीय शिवबहादुर पालुङ्गे रहनुभएको प्रहरीले जनाएको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका १६ स्थित पानीस्वारामा ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।