उपल्लो डोल्पामा यो वर्षको पहिलो हिमपात भएको छ । सोमबार बिहानदेखि परेको अविरल वर्षसँगै हिमपात भएको हो ।
नेपाल–भारत संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘हिटम्यान’को पोस्टर र टिजर सार्वजनिक भएको छ । विष्णु अधिकारीको निर्माण तथा निर्देशनमा बनेको यो फिल्म फेब्रुअरीमा प्रदर्शन हुने भएको छ ।
मोरङको बेलबारी–११ लक्ष्मीमार्गनजिकै जङ्गली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
रणनीतिकरूपमा अवस्थित टापु समूह राष्ट्र माल्दिभ्सका राष्ट्रपतिले आफ्नो मुलुकबाट सेना फिर्ता गर्न भारत सहमत भएको बताउनुभएको छ । राष्ट्रपति निर्वाचनअघि उहाँले भारतीय सेना फिर्ता गराउने वाचा गर्नुभएको थियो ।
मंगला गाउँपालिकाको बरंजाबाट बेनीतर्फ आउँदैगरेको बोलेरो गाडी बेनी नगरपालिका –६ डम्बराको मन्दिरनजिक दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
अवैध रूपमा गिट्टी बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न रहेको एक ट्याक्टर र जेसीबीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको ।
लेकाली भेगमा हिमपात हुन थालेपछि भूकम्पपीडितको जनजीवन प्रभावित भएको छ । भूकम्पको इपिसेन्टर बारेकोट गाउँपालिका–१ रामिडाँडालगायत सबै वडा र कुशे गाउँपालिकाका नौ वटै वडामा हिमपात भएको छ ।
कालीकोटका गाउँ–गाउँमा औषधि पसल खुलेका छन् । अधिकांशले अवैध तवरबाट मेडिकल चलाइरहेको पाइएको छ । मेडिकल राख्नका लागि फार्मेसी अध्ययन गरी औषधि व्यवस्था विभागबाट स्वीकृति लिनुपर्ने प्रावधान भए पनि कालीकोटका अधिकांश मेडिकल पसल नियमविपरीत सञ्चालन भइरहेका छन् ।
दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् ।
जिल्लाको एक मात्र प्रहरी कार्यालयले २१ वर्षदेखि भाडाको घरबाट सेवा दिँदै आएको छ । तत्कालीन माओवादी द्वन्द्वमा क्षतिग्रस्त भएको हुुप्सेकोट गाउँपालिका–५ रुद्रपुुर द्यौबादीस्थित इलाका प्रहरी कार्यालय रुद्रपुर पुनर्निर्माण हुन नसक्दा भाडाको घरबाट सेवा दिँदै आएको हो ।
नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म चार हजार क्विन्टल धान खरिद गरेको छ ।
नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला रु. एक लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको मूल्य आज रु आठ सयले बढेर प्रतितोला रु एक लाख २१ हजार छ सय पुगेको हो । नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो ।
कृषि तथा वन क्षेत्रको शिक्षा अध्ययन र पढ्दै कमाउँदै मोडेलमा सञ्चालन हुन लागेको ‘प्राकृतिक स्रोत व्यवस्थापन कलेज’ वर्षाैसम्म अलपत्र परेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमाससँगको युद्धविराममा वार्ता सकिएपछि पनि बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक भएको बताउनुभएको छ ।
इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु र १२ जनाभन्दा बढी बेपत्ता भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अल जजिराले सोमबार बताएको छ । अधिकारीहरूका अनुसार पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी विस्फोट हुँदा उक्त क्षेत्रमा करिब ७५ जना थिए ।