प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गरिने घोषणा गरिएको थियो । उक्त कार्यक्रमका लागि सात अर्ब पाँच करोड रुपियाँ विनियोजन गरिएको थियो ।
सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत दिने भएको छ ।
आठ वटा विमानस्थलको स्तरोन्नति गरिने सरकारले घोषणा गरेको छ ।
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरालाई विस्तार गर्दै सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक तथा पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने भएको छ ।
सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेश धामीले प्रादेशिक नीति संवाद तथा युवा महोत्सवको सन्देश गाउँ–गाउँमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सरकारले श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि आठ अर्ब आठ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
सबै प्रकारका सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरी बजारमा स्वस्थ प्रतिस्पर्धा कायम गर्ने घोषणा सरकारले गरेको छ ।
इ-कमर्सको माध्यमबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानुनी व्यवस्था गरिने भएको छ ।
पाँचथरको फाल्गुनन्द गाउँपालिका –५, भञ्ज्याङस्थित पञ्चबहादुर चेम्जोङको घरमा आगलागी हुँदा डेढ करोड मूल्य बराबरको क्षति भएको छ ।
सरकारले महानगर र उपमहानगरमा वैज्ञानिक मूल्याङ्कन प्रणाली लागु गर्ने घोषणा गरेको छ ।
सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी “वाटर फर्म द हिमालय” कार्यक्रम घोषणा गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले उत्पादन र रोजगार: समृद्धिको आधार को नारालाई आत्मसात् गरी औद्योगिकीकरणको गतिलाई तीव्रता दिने बताउनुभएको छ ।
बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने घोषणा सरकारले गरेको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले विस्तृत परियोजना प्रतिवेदन, वातावरण प्रभाव मूल्याङ्कन जग्गा प्राप्ति लगायतका कुरा सम्पन्न भई साइट क्लियरनेस भएका तथा खरिद योजना मात्रै सम्झौता गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइने बताएका छन् ।
मधेश प्रदेशका भौतिक पूर्वाधार विकाशमन्त्री कृष्ण यादवले राजनीतिक स्थिरता नभएसम्म गणतन्त्र सबल र सुदृढ हुन नसक्ने बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा बर्दिबास नगरपालिकाले सोमवार यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।