नेपाल वायुसेवा निगम (नेपाल एयरलाईन्स) ले नेपालको हवाई उडान क्षेत्रलाई युरोपियय युनियन (इयू) ले कालो सूचिबाट नहटाउनुमा आफ्नो कुनै दोष नरहेको दाबी गरेको छ ।
पश्चिम नेपालकै रेफरल अस्पतालका रुपमा रहेको नेपालगन्जस्थित भेरी अस्पतालमा एकपछि अर्को गरेर विशेषज्ञ सेवाहरु थप हुनेक्रम जारी छ ।
आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङ निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय भलिबल प्रतियोगितामा नारायणी माध्यमिक विद्यालय र मैवाखोला माध्यमिक विद्यालय प्रथम भएका छन् । प्रतियोगितामा छात्रातर्फ नारायणी र छात्रतर्फ मैवाखोला मावि प्रथम भएको हो ।
कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी भएका छन् ।
तानसेनमा प्रथम मेयर कप हुने भएको छ । नगरपालिकाको आयोजनामा यही मङ्सिर २० गतेदेखि प्रथम मेयर कप प्रतियोगिता हुन लागेको हो । सोमबार तानसेनमा पत्रकार भेटघाट गरेर पहिलो पटक प्रतियोगिता गर्न लागेको जानकारी नगरपालिकाले दिएको हो ।
साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा कठिन जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले स्पेनिस ला लिगा आइतबार बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई १–० गोलले हरायो ।
कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार आठ सयभन्दा बढी बाह्य पर्यटक भित्रिएका छन् ।
सप्तरीको राजविराज ७ स्थित एक प्रेसमा सोमबार विद्युत सर्ट भई आगलागी भएको छ । स्थानिय पत्रकार ओमप्रकाश साहले सञ्चालन गरेको नेहा अफसेट प्रेसमा आगलागी हुदाँ १० लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
सातौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालले सर्वाधिक २९ स्वर्ण पदक जित्दै शीर्ष स्थान कब्जा गरेको छ । च्याम्पियनसिपमा नेपालले थप २६ रजत र ६ कांस्य पनि जित्यो ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दैलेखको पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुने बताउनुभएको छ ।
दोलखाको गौरीशङ्कर गाउँपालिकाका विभिन्न स्थानमा गरिएको निःशुल्क मोतीबिन्दु छनोट शिविरबाट भेटिएका करिब एक सय जना मोती विन्दु रोगीको निःशुल्क शल्यक्रिया गरिएको छ ।
पछिल्लो समय बाजुराका अधिकांश किसान प्राकृतिक खेती प्रणालीमा उत्प्रेरित बन्दै गएका छन् । यो प्रविधिले खेती गर्दा स्वास्थ्यलाई फाइदा हुनुका साथै जमिनको समेत उर्वराशक्ति बढ्दै जाने भएकोले पछिल्लो समय किसान यो प्राकृतिक खेती प्रणालीमा उत्प्रेरित बन्दै गएका हुन् ।
पोर्चुगलमा वैदेशिक रोजगारीमा पठाउने भनी सात लाख ५० हजार रुपियाँ ठगी गरी सम्पर्कविहीन रहेका ४३ वर्षीय सुष्मा कुमारी खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
प्राकृतिक स्रोत साधनलाई दिगो रूपमा प्रयोग गर्ने तथा कालीगण्डकी नदीको सभ्यता र पर्यावरणलाई जोगाई राख्न कालीगण्डकी तटीय क्षेत्रका पालिकाहरू सक्रिय भएका छन् ।