नेकपा (एकीकृत समाजवादी) पार्टीले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । सोमबार बसेको नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो ।
नेपालको जेठो प्रकाशन गृह गोरखापत्र संस्थान र देशकै पुरानो प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयबिच १० बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
अमेरिकी डलर तथा नक्कली सुन देखाइ ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आइतबार बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित कचनापुर स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर तथा लेखाजोखा कार्यक्रम गरिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खर्च गर्ने क्षमता बढाउँदै चालू आर्थिक वर्षको बजेटको सफल कार्यान्वयनमा लाग्न प्रदेश सरकार मातहतका सचिवहरूलाई निर्देशन दिनुभएको छ ।
गुल्मीमा सहभागी एक कार्यक्रमका कृषकहरूले जिल्लालाई बीउ उत्पादनमा आत्मनिर्भर बनाउनुपर्ने माग गरेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा कृषकलाई व्यावसायिक बीउ उत्पादनका लागि बीउबिजन व्यवसायी अनुमतिपत्र प्राप्त गर्न आवश्यक पर्ने तालिममा सहभागी कृषकहरूले यस्तो बताएका हुन् ।
एनसेलको शेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरूप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गम्भीर चासो व्यक्त गर्नुभएको छ।
डिएससी मोरङ फिदिममा जारी वाइवाइ ‘प्रथम वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रण किराँत गोल्डकप’को सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा मोरङले युनाइटेड फुटबल क्लब दार्जिलिङलाई ६–३ गोलले हरायो ।
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद-बिक्री विवाद र शङ्काको घेरामा परेको छ ।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवाले लागूऔषध दुर्व्यसनी राख्न स्थापना भएको आसरा सुधार केन्द्र सञ्चालनमा प्रदेश सरकारले पूर्ण सहयोग गर्ने बताउनुभएको छ ।
सरकारले मासिकरुपमा उपलब्ध गराउने भत्तालाई मात्र सामाजिक सुरक्षा भत्ता मान्ने प्रवृत्तिमा परिवर्तन हुनुपर्ने सरोकारवालाहरूले बताएका छन् ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रात्मक सङ्घीय व्यवस्थाको विरुद्धमा गएर राजतन्त्रको वकालत गर्नेहरू देशद्रोही भएको बताउनुभएको छ ।
सोमबार बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । बागलुङ निसीखोला र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा परेको हिमपातले लोकमार्ग अवरुद्ध भएको हो । अहिले पनि हिमपात भइरहँदा सवारी साधन सञ्चालन हुन नसकेको स्थानीय तिलबहादुर घर्तीमगरले बताउनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले औद्योगिक राष्ट्रहरुका कारण विश्वव्यापी तापक्रम तीव्ररुपमा वृद्धि भइरहेको उल्लेख यसबाट उत्पन्न जलवायु परिवर्तनले नेपालले ठूलो क्षति व्यहोहोर्नु परेको बताउनुभएको छ ।
केही वर्षअघिसम्म लुकेर बसेका सङ्क्रमित हिजोआज खुलेर समाजिक काम तथा आफ्नो व्यक्तिगत काममा सक्रिय हुन थालेका छन् ।