• १३ मंसिर २०८१, बिहिबार

सुधार केन्द्रलाई सहयोग गर्ने मन्त्रीको प्रतिबद्धता

blog

सुधार केन्द्रको अनुगमनको क्रममा जानकारी लिनुहुँदै मन्त्री प्रकाशबहादुर देउवा । तस्बिर : कृतबहादुर विष्ट

अविनाश चौधरी

धनगढी, मङ्सिर १८ गते । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवाले लागूऔषध दुर्व्यसनी राख्न स्थापना भएको आसरा सुधार केन्द्र सञ्चालनमा प्रदेश सरकारले पूर्ण सहयोग गर्ने बताउनुभएको छ । 

धनगढी उपमहानगरपालिका–१४ मा प्रदेश प्रहरी कार्यालय र धनगढी उपमहानगरपालिकाको कार्यालयले स्थापना गरेको सुधार केन्द्रको आज अनुगमन गर्नु हुँदै उहाँले सहयोगको प्रतिबद्धता जनाउनुभएको हो । 

छिट्टै सञ्चालनमा आउने सुधार केन्द्रलाई आफ्नो मन्त्रालय, सामाजिक विकास मन्त्रालय र अन्य मन्त्रालयबाट सहयोगका लागि छलफल चलाइएको उहाँको भनाइ छ । “भौतिकदेखि अन्य कुरामा सहयोगका लागि छलफल चलाएका छौँ” मन्त्री देउवाले भन्नुभयो । 

लागूऔषध दुर्व्यसनीहरुको उपचार गर्ने र उनीहरूलाई समाजको सिजनशील नागरिक बनाउने उद्देश्यसाथ ज्येष्ठ नागरिकको भवनमा आसरा सुधार केन्द्र स्थापना गरिएको छ । सुधार केन्द्रमा दुईसय जनालाई राख्न सकिने सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले बताउनुभयो । 

उहाँले यो महिनाको अन्तिमबाट सुधार केन्द्र सञ्चालनमा आउने भन्दै थप्नुभयो, “यो केन्द्र सञ्चालन भएमा यसले दुर्व्यसनमा फँसेकाहरुलाई नयाँ जीवन दिन सक्छ ।”