पर्वतमा थुप्रै धार्मिक पर्यटकीय महत्वका मठमन्दिर, देवालय, गुफा र शक्तिपीठ छन् । उचित प्रचारप्रसारको अभावमा कतिपय धार्मिक पर्यटनको सम्भावना बोकेका शक्तिपीठ ओझेलमा परेका छन् । डाँडामा रहेको भए पनि प्रसिद्ध बाटुलेचौर कालिका भगवती मन्दिर पनि ओझेलमा परेको छ । कुस्मा नगरपालिका–१२ स्थित सुन्दर र रमणीय स्थल बाटुलेचौरमा अवस्थित बाटुलेचौर कालिका मन्दिरको स्थापना १९५० सालमा गरिएको बताइन्छ ।
भूकम्पको कारण यति बेला सबैभन्दा बढी बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी महिला प्रत्यक्ष मारका परेका छन् । त्रिपालमुनि बसिरहेका भूकम्प पीडितहरूको स्वास्थ्य हिउँदे वर्षाको कारण थप जोखिममा परेको छ ।
गायिका अस्मिता अधिकारीले संयुक्त राज्य अमेरिकाका १२ वटा सहरमा कन्सर्ट सम्पन्न गर्नुभएको छ । ‘युएसए फस्र्ट म्युजिकल यात्रा–भोल्युम वन’ नाममा भएको कन्सर्ट न्युयोर्क, बोस्टन, सिएटल, सान फ्रान्सिस्को, डलास, एटलान्टा, साक्रामेन्टो, एक्रोन, कोलम्बस र ह्यारिसवर्गमा सम्पन्न भएको हो । अधिकारीको अमेरिकाको यो पहिलो प्रस्तुति हो । एउटै यात्रामा अमेरिकाका १२ सहरहरूमा प्रस्तुति दिने पहिलो नेपाली महिला कलाकार अस्मिता रहेको आयोजकले दाबी गरेको छ । लाइभ एट प्रेजेन्स, प्लानेट थ्री फिल्म, कोसेली इभेन्ट्स, फुजोन इन्टरनेसनलले संयुक्त रूपमा कन्सर्ट आयोजना गरेका थिए ।
गायिका जानुका थापा पुनले नयाँ गीति एल्बम ‘निरन्तरता’ सार्वजनिक गर्नुभएको छ । गीति सङ्ग्रहमा हरि लम्सालको एकल सङ्गीत रहेको गीतमा हरि लम्साल र अनमोलमणिको शब्द रचना छ । गायकहरू प्रमोद खरेल, सागर आले, रामभक्त जोजिजू, स्वरूपराज आचार्यको स्वर दिएका गीति एल्बममा पाँच वटा गीत समावेश गरिएका छन् ।
पेडापारखीका लागि बरमझियाको पेडा प्रसिद्ध छ । अब पेडा खान र कोसेली बोक्न बरमझिया पुगिरहनु नपर्ने भएको छ । मदन भण्डारी राजमार्गको वराहक्षेत्र–१, चतरा कोशी पुल आसपासका क्षेत्रमा आधा दर्जनभन्दा बढी पेडाका पसल खुलेका छन् ।
यहाँ आयोजना गरिएको दोस्रो नेपालगन्ज किड्स फेस्टिभलमा विभिन्न विद्यालयका बालबालिकाले नृत्य, गायन, चित्रकला र वक्तृत्वकलामा आआफ्नो प्रतिभा देखाएर पुरस्कार जितेका छन् । सो फेस्टिभलमा नृत्य, गायन, चित्रकला र वक्तृत्वकलासहित चार विधामा प्री स्कुल, प्राइमेरी र खुला गरी ११ तहमा प्रतिस्पर्धा गराइएयो । जस अन्तर्गत खुला एकल नृत्यमा दिलीप चुनारा प्रथम, स्वस्तिका गुरुङ द्वितीय र प्रेरणा थापा तृतीय भएका छन् । प्राथमिक तहको एकल नृत्यमा इरिना शाक्य पहिलो, अधिरा बहेलिया दोस्रो र हिमानी भट्ट तेस्रो भए ।
जलेश्वर आर्ट फाउन्डेसन ओडिसा, भारतको आयोजनामा धम्पुसमा दुई दिवसीय कला कार्यशाला भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाको सुन्दर गाउँ धम्पुसमा भेला भएका कलाकारले हिमशृङ्खला नियाल्दै प्रकृति र जीवनका अनेक रङ्ग क्यानभासमा कोरेका छन् ।
बलिउड गायक विनीत सिंह शनिबार क्लब प्लेटिनममा आयोजना भएको ‘विनीत सिंह लाइभ इन नेपाल’ नामक साङ्गीतिक कन्सर्टमा सहभागी हुन नेपाल आउनुभएको थियो । कन्सर्टका क्रममा उहाँले आफ्ना
बागमती प्रदेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या एघार हजार नाघेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म प्रदेशका १३ जिल्लामा ११ हजार ३२८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटनलाई स्थानीय सस्कृतिसँग जोड्नुपर्ने बताउनुभएको छ । प्रकृति र संस्कृतिसँग जोडेर पर्यटन विकासका लागि अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।
बाह्रै महिना हिलाम्मे हुने सर्लाहीको हरिपुर नगरपालिका–७, चिताइन गाउँको सडक कालोपत्रे भएको छ । चिताइन मन्दिरदेखि दक्षिणतर्फको गाउँमा नालासहित पक्की सडक निर्माण भएपछि बस्ती
अदुवा खेतीको उर्वर भूमि पूर्वी नवलपरासीका किसान यतिबेला अदुवा खन्न, सुठो बनाएर बेच्न व्यस्त छन् । मुख्य नगदेबालीका रूपमा जिल्ला अदुवा उत्पादनमा आत्मनिर्भर रहे पनि अदुवाको मूल्यमा हरेक वर्ष आउने उतारचढावले किसानलाई चिन्तित बनाएको छ ।
दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागार्ईं स्मृति अस्पतालले थप ४० लाख रुपियाँ बराबरको आवश्यक औषधी व्यवस्था गर्ने भएको छ । अस्पताल प्रमुख डा. ज्ञानेश्वर श्रेष्ठका अनुसार बिरामीको सहजका लागि अस्पताल क्षेत्रमा सञ्चालित औषधी पसलमा सशुल्कका तीन सय थरी औषधी व्यवस्था गर्न लागिएको छ ।
रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा उन्नत रोजिटा जातको पिबिएस दाना आलुको पहिलो पुस्ताको बिउ उत्पादन गरिएको छ । स्क्रिन हाउसभित्र टिस्यु कल्चर प्रविधिबाट सो आलुको बिउ उत्पादन गरिएको हो । स्क्रिन हाउसमा यस्तो प्रविधिबाट शैलुङमा दोस्रो पटक आलुको बिउ उत्पादन गरिएको हो । यसअघि गएको वर्ष पनि सो प्रविधिबाट आलुको बिउ उत्पादन गरिएको थियो ।
संसार देख्ने आँखा अचानक बन्द भइदिँदा कति अन्धकार हुँदो हो १ दैनिकी चलाउन कति असहज हुँदो हो रु घरभित्र अथवा बाहिर हिडडुल गर्न कसैको सहयोग, दिसा–पिसाव गर्न पनि सहारा लिनुपर्दाको पीडा कति अप्ठ्यारा होलान् सहज अनुमान गर्न सकिन्छ ।